nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला माध्यमिकी परिक्रमाको आज पाँचौ दिन जलेश्वरमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०७७, ११:५५ बिहान
मिथिला माध्यमिकी परिक्रमाको आज चौथो दिन मटिहानीमा

जनकपुरधाम,चैत ४ गते । विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिलाको महाकुम्भ मिथिला माध्यमिकी परिक्रमा आज पाँचौ दिन जलेश्वर आइपुगेको छ ।

महोत्तरीको मटिहानी बाट एकाविहान परिक्रमा आज जलेश्वर पुगेको हो । गत शनिबारबाट धनुषाको ठेराकचुरीदेखि यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो,तेस्रो र चैथो दिनको रात्रि विश्राम गरिसकेका छन् ।

जलेश्वरमा परिक्रमावासीका लागि सड़क ,बत्ती, खानेपनीलगायत निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको छ । परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

परिक्रमामा सहभागीहरु क्रमशःजलेश्वर हुँदै मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने छ । मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए ।

परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रवन्ध मिलाउँछन् ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैद्यनाथधामका साधुसन्तहरु समेत उल्लेख्य रुपमा सहभागी हुने गर्दछन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

Tags: मिथिला माध्यमिकी परिक्रमा

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि