‘Give Blood, Save Lives (रक्तदान गरौँ, जीवन बचाऔँ)’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरूले रक्तदान गरी मानव जीवन बचाउने अभियानमा योगदान दिएका छन्।
कार्यक्रममा मधेश ब्लड ट्रान्सफ्युजन सेन्टरले प्राविधिक सहयोग गरेको थियो। त्यसैगरी, ग्रीन समाज नेपाल महोत्तरी, लियो क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम क्यापिटल र लियो क्लब अफ जनकपुरधाम मेडिकोसले सहयोग गरेका थिए।
रक्तदान कार्यक्रममार्फत संकलित १७ पिन्ट रगतले रगतको अभावमा उपचार प्रभावित हुने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदानलाई जीवन बचाउने मानवीय कार्यका रूपमा प्रवर्द्धन गर्दै नियमित रक्तदान गर्न जनसमुदायलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानव सेवा र सहयोगको भावना अभिवृद्धि गर्न योगदान पुर्याएको छ।

















Discussion about this post