nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ४, २०८३, ७:४४ मध्यान्ह
कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

जनकपुरधाम/मंसिर ४ गते । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने जानकारी दिएका छन्। महाधिवेशनको उद्घाटन काठमाडौंको टुँडिखेलमा हुने र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा सञ्चालन गरिने उनले बताएका छन्।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिँदै पार्टीका वडा, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाइएको बताए।

उनका अनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ भने ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। बाँकी क्षेत्र तथा जिल्लामा पनि अधिवेशनको प्रक्रिया जारी रहेको उनले बताए।

पत्रकार सम्मेलनमा निधिले सातै प्रदेशको अधिवेशन तालिकासमेत सार्वजनिक गरेका छन्। जसअनुसार गण्डकी प्रदेशको मंसिर ५ गते पोखरा, लुम्बिनी प्रदेशको ७ गते दाङको भालुवाङ, कर्णाली प्रदेशको १३ गते सुर्खेत र मधेश प्रदेशको १४ गते जनकपुरधाममा प्रदेश अधिवेशन हुनेछ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको मंसिर १५ गते धनगढी, कोशी प्रदेशको १७ गते विराटनगर र बागमती प्रदेशको १९ गते काठमाडौंमा अधिवेशन आयोजना गरिने उनले जानकारी दिए।

मधेश प्रदेशको अधिवेशन खुला मैदानमा गर्ने वा सभाहलमा आयोजना गर्ने भन्ने विषयमा छलफल भइरहेको निधिले बताए। अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन बर्दिबासमा मधेश प्रदेशका आठै जिल्लाका जिल्ला सभापति, ३२ निर्वाचन क्षेत्रका प्रतिनिधि तथा केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक बस्ने तयारी रहेको उनले जानकारी दिए।

मधेश प्रदेशका संयोजक पद्मनारायण चौधरीसहित नेताहरूको सहभागितामा हुने उक्त बैठकले प्रदेश अधिवेशनको तयारी, व्यवस्थापन र आवश्यक समन्वयका विषयमा समीक्षा गर्नेछ।

निधिले पार्टीको विधान, देशको कानुन तथा संगठनात्मक परम्पराअनुसार वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गरेर मात्रै राष्ट्रिय महाधिवेशनमा सहभागी हुने स्पष्ट पारे।

जनकपुर–अयोध्या रेल र हवाई सेवा नियमित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

यसैबीच, पूर्वउपसभापति निधिले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर ६ गतेदेखि हुने भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या रेलसेवालाई नियमित सञ्चालन गर्नुका साथै जनकपुर–अयोध्या हवाई सेवा सुरु गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनले बताएका छन्।

नेपाल–भारतबीच आर्थिक विकास, सीमा व्यवस्थापन, व्यापार तथा अन्य द्विपक्षीय सहकार्यका क्षेत्रमा भ्रमणले सकारात्मक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै निधिले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुने अपेक्षा गरेका छन्।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comजनकपुरधामराजनीति समाचारसमाचार

Discussion about this post

Related Posts

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि