nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १४, २०८३, ६:३५ मध्यान्ह
गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुरधाम/कार्तिक १४ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्द्धन, लागू पदार्थको प्रयोग न्यूनीकरण तथा आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

२०८३ कात्तिक १३ गते (३० अक्टोबर २०२६) आयोजित उक्त कार्यक्रम सीबीएम ग्लोबल नेपालको सहयोग तथा सी.एम.सी.–नेपाल र गणेशमान चारनाथ नगरपालिकाको लागत साझेदारीमा सञ्चालित ‘मनको साथी’ बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रवर्द्धन परियोजनाअन्तर्गत आयोजना गरिएको हो।

नगरपालिकाका उपप्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख, नगरपालिकाका ११ वटै वडाका कम्प्युटर अपरेटरसहित ३३ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखाअन्तर्गत विपद् व्यवस्थापनका फोकल पर्सनले सहजीकरण गर्नुभएको थियो। परियोजना अधिकृतले परियोजनाको उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यप्रति सरोकारवालाहरूको बुझाइ, संवेदनशीलता र जिम्मेवारी अभिवृद्धि गर्ने विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

त्यसैगरी, मनोसामाजिक परामर्शकर्ताले समुदायस्तरमा सञ्चालन भइरहेका कार्यक्रम तथा सेवाबारे जानकारी गराउनुभयो। उहाँका अनुसार परियोजनामार्फत हालसम्म १३ जना सेवाग्राहीलाई विभिन्न चरणमा व्यक्तिगत मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ।

कार्यक्रमले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, समयमै सहयोग तथा उपचारका लागि आवश्यक समन्वय र सहकार्य बढाउनुका साथै लागू पदार्थको प्रयोग न्यूनीकरण र आत्महत्या रोकथामका प्रयासलाई स्थानीय तहमा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापन मन्तव्य राख्दै नगर उपप्रमुखले व्यस्त दैनिकीका बाबजुद अभिभावक तथा सरोकारवालाले बालबालिकासँग पर्याप्त र गुणस्तरीय समय बिताउनुपर्नेमा जोड दिनुभयो। बालबालिकाको भावना बुझ्ने, उनीहरूका समस्या सुन्ने र आवश्यक साथ तथा सहयोग प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले नगरपालिकाको कार्यपालिका भवनभित्रै मनोसामाजिक परामर्श केन्द्र छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

स्थानीय तहमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार तथा बालबालिका र किशोरकिशोरीका समस्यालाई समयमै सम्बोधन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comधनुषा खबरसमाचार

Discussion about this post

Related Posts

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि