जनकपुरधाम/कार्तिक १० गते । धनुषामा लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्। प्रहरीले शहीदनगर नगरपालिका–१, भगवान टोलस्थित एक घरबाट २ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा भगवान टोलकी अन्दाजी ४० वर्षीया प्रमिला देवी मण्डल रहेकी छन्।
प्रहरीका अनुसार मण्डलले आफ्नै घरमा गाँजा लुकाइछिपाइ राखेर बिक्रीवितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरबाट २ किलो ४७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजा बरामद भएपछि मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेकी मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post