nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १४, २०८३, ८:५२ मध्यान्ह
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जनकपुरधाम/१४ असोज । जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारी अघि बढेसँगै जनकपुरधाममा ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा बहस थालिएकाे छ ।

जानकी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा वास्तुकलाको महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन लागिएको हो । त्यसका लागि जनकपुरधाम उपमहानगरपालिकाले प्रारम्भिक प्रतिवेदन तयार गरी विज्ञ, समाजका अगुवा तथा सरोकारवालासँग सुझाव संकलन गरिरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार प्रारम्भिक प्रतिवेदनमाथि आवश्यक सुझाव लिएर अन्तिम रूप दिने तयारी भइरहेको छ ।

अन्तिम प्रतिवेदन तयार भएपछि विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाका लागि युनेस्कोमा पेस गर्ने योजना रहेको उनले बताए । यसका लागि नगरप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिले जानकी मन्दिरको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्त्व, वास्तुकला र यससँग जोडिएका सम्पदाको अवस्थालगायत विषयलाई समेटेर प्रतिवेदन तयार गर्ने काम अघि बढाएको छ । तर, विश्वसम्पदा सूचीमा सूचीकृत गराउने पहलसँगै मन्दिर र आसपासका सम्पदाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने चुनौतीसमेत देखिएको छ ।

सरकारले गत १३ भदौकाे मन्त्रिपरिषद्‌बाट जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको अवस्थामा अब उक्त निर्णयलाई व्यवहारमै कार्यान्वयनमा ल्याउनुपर्ने सरोकारवालाको जोड छ ।

पुरातत्व क्षेत्रमा काम गरिसकेका रामबाबु दहालका अनुसार संरक्षित स्मारक क्षेत्रको चार किल्लाभित्र रहेका मठमन्दिर, पोखरी, सरोवर तथा अन्य ऐतिहासिक र पुरातात्विक महत्त्वका स्थलको विस्तृत सर्वेक्षण आवश्यक छ । ‘संरक्षित क्षेत्र घोषणा गर्नु मात्र पर्याप्त हुँदैन,’ दहालले भने, ‘चार किल्लाभित्र रहेका ऐतिहासिक तथा धार्मिक सम्पदाको सर्वेक्षण गरी तिनको अवस्था, महत्त्व र संरक्षण आवश्यकताबारे अभिलेख तयार गर्नुपर्छ ।’

उनका अनुसार सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन नसकिए विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया पनि जटिल बन्न सक्छ । त्यसैले संरक्षित क्षेत्रको कार्यान्वयन र विश्वसम्पदा सूचीको तयारीलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ ।

सरोकारवालाले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन यसको ऐतिहासिकता र धार्मिक महत्त्व मात्रै प्रस्तुत गरेर नपुग्ने बताएका छन् । मन्दिरको निर्माण शैली, वास्तुकला, ऐतिहासिक प्रमाण, मिथिला सभ्यता र संस्कृतिसँगको सम्बन्ध, धार्मिक परम्परा तथा स्थानीय समुदायसँगको सम्बन्धलाई प्रमाण र तथ्यका आधारमा व्यवस्थित दस्तावेजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ ।

जानकी मन्दिर वरपरको भौतिक संरचना र विकास निर्माण पनि संरक्षणको अर्को महत्त्वपूर्ण विषय बनेको छ । ऐतिहासिक सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी निर्माण तथा पुनर्निर्माणका काम हुन नदिई सम्पदा संरक्षण र पूर्वाधार विकासबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

संरक्षित स्मारक क्षेत्रभित्र रहेका पोखरी, सरोवर, मठमन्दिर तथा अन्य सांस्कृतिक सम्पदाको अवस्था पहिचान गरी प्राथमिकताका आधारमा संरक्षण योजना बनाउनुपर्ने सरोकारवालाको सुझाव छ ।

जानकी मन्दिरलाई विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारीले जनकपुरधामको धार्मिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसर सिर्जना गरे पनि त्यसका लागि आवश्यक प्रमाण, अभिलेख, संरक्षणको अवस्था र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनुपर्ने देखिएको छ ।

यसअघि निर्वर्तमान मेयर लालकिशोर साहको कार्यकालमा पनि जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न प्रयास गरिएको थियो । संघीय सरकारले चासो नदिँदा उक्त प्रयास सफल हुन सकेन ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युतीय पूर्वाधार पुन:निर्माण गर्न सरकारलाई कुलमानको आग्रह

भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युतीय पूर्वाधार पुन:निर्माण गर्न सरकारलाई कुलमानको आग्रह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि