nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १४, २०८३, ५:२९ मध्यान्ह
गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

सञ्जय मिश्रा/रौतहट/१४ असोज । रौतहटको गरुडा नगरपालिकाका कर्मचारीले लामो समयदेखि रोकिएको तलब–भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै नगर कार्यपालिकालाई १३ बुँदे मागपत्र बुझाएका छन्। कर्मचारीहरूले दसैंअघि नै विगतको बक्यौता र चालु आर्थिक वर्षको तलब–भत्ता भुक्तानी गर्नुपर्ने भन्दै असोज २१ गतेसम्मको अल्टिमेटम दिएका छन्।

स्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले तलब–भत्ता रोकिँदा दैनिक जीवनयापनमै समस्या परेको भन्दै नगर नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

कर्मचारीहरूले स्वीकृत दरबन्दीअनुसार कार्यरत करार कर्मचारीको म्याद तत्काल थप गरी पारिश्रमिक उपलब्ध गराउन, स्वीकृत दरबन्दीभित्रका कर्मचारीलाई हटाउने वा संख्या घटाउने काम नगर्न तथा पोशाक, चाडपर्व र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्।

त्यस्तै वडा कार्यालयमा कार्यरत वडा सचिवका लागि आवश्यक कार्यालय सञ्चालन खर्च उपलब्ध गराउन, नगरपालिकाको खर्च गर्ने अख्तियारी तथा बैंक खाता तत्काल सञ्चालनमा ल्याउन र स्वीकृत दरबन्दीअनुसार कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ।

वडा तथा विषयगत शाखामा आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने, प्रचलित ऐन, नियम तथा कार्यविधिअनुसार काम गर्ने वातावरण बनाउनुपर्ने र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

कर्मचारी कल्याण कोष, बीमा तथा कर्मचारीसँग सम्बन्धित विगतदेखिका अन्य बाँकी रकमसमेत तत्काल भुक्तानी गर्न उनीहरूले माग गरेका छन्।

कर्मचारीका अनुसार यी विषयमा यसअघि पटक–पटक मौखिक रूपमा नगर नेतृत्वको ध्यानाकर्षण गराए पनि ठोस पहल हुन सकेको छैन। त्यसैले यसपटक लिखित रूपमा १३ बुँदे माग अघि सार्दै असोज २१ गतेभित्र माग सम्बोधन नभए शान्तिपूर्ण दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

दसैं नजिकिँदै गर्दा समेत तलब–भत्ता अनिश्चित बनेपछि कर्मचारीहरूले नगरपालिकालाई तत्काल समस्या समाधान गर्न दबाब दिएका हुन्।

Tags: समाचार

Discussion about this post

Related Posts

मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री समीरलाई

मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री समीरलाई

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युतीय पूर्वाधार पुन:निर्माण गर्न सरकारलाई कुलमानको आग्रह

भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युतीय पूर्वाधार पुन:निर्माण गर्न सरकारलाई कुलमानको आग्रह

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि