nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १४, २०८३, ३:३० मध्यान्ह
रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

सञ्जय मिश्रा/रौतहट/१४ असोज । टिकटकमा फर्निचर बिक्रीको आकर्षक विज्ञापन देखाएर मोबाइल बैंकिङको विवरण हात पार्ने र खाताबाट रकम निकाल्ने गरेको आरोपमा रौतहट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

थप दुई जना पक्राउ परेसँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ। थप पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका रामप्रवेश साह बनिया र सुबोध माली भगत रहेका छन्।

यसअघि प्रहरीले सोही ठाउँका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो। उनीहरूलाई गत भदौ १६ गते बिर्ती प्रस्टोकाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको थियो। उनीहरूविरुद्ध भदौ १७ गते अनलाइन ठगीसम्बन्धी मुद्दा दायर गरिएको थियो। पक्राउ परेकाहरूको बयान र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा थप दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिएका छन्।

स्क्रिन सेयर गराएर बैंकिङ पासवर्डसम्म पहुँच

प्रहरीका अनुसार गत भदौको दोस्रो साता सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो। फर्निचर खरिदका विषयमा कुराकानी गर्ने क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाइएको र त्यस क्रममा मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यसपछि पीडितको बैंक खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको आरोप छ।

खाताबाट रकम निकालिएपछि पीडितले बैंक खातासम्बन्धी विवरणका आधारमा आरोपीको पहिचान गरी भदौ १६ गते इलाका प्रहरी कार्यालय कटहरियामा उजुरी दिएका थिए। उजुरीपछि अनुसन्धान अघि बढाएको प्रहरीले सुरजप्रसाद यादव र भोलिन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो। उनीहरूको बयान तथा अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा रामप्रवेश साह बनिया र सुबोध माली भगतसमेत पक्राउ परेका हुन्।

 

नक्कली नागरिकता र राहदानीबाट बैंक खाता

डीएसपी आचार्यका अनुसार पक्राउ परेकाहरूले फर्निचर बिक्रीको बहानामा मात्र नभई अनलाइनमार्फत विभिन्न किसिमका ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले नक्कली नागरिकता र राहदानी बनाएर त्यसैका आधारमा बैंक खाता खोल्ने र ठगीमा प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा यो एउटा व्यक्तिसँग भएको ठगीमा मात्र सीमित नभई थप व्यक्तिहरूको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधसम्बन्धी कसुरमा समेत थप अनुसन्धान गरिरहेको जनाएको छ।

हाल चारै जना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्। प्रहरीले उनीहरूसँग जोडिएका अन्य व्यक्ति, बैंक खाता, डिजिटल कारोबार तथा ठगीका सम्भावित घटनाबारे अनुसन्धान अघि बढाएको छ। अनुसन्धान पूरा भएपछि टिकटकमा फर्निचर बिक्रीको बहानामा भएको ४७ हजार १९८ रुपैयाँको ठगी पछाडि कति व्यक्ति र कस्तो डिजिटल सञ्जाल सक्रिय थियो भन्ने विषय थप स्पष्ट हुने प्रहरीको भनाइ छ।

Tags: समाचार

Discussion about this post

Related Posts

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति राराब क्याम्पस प्रमुख कर्णको आपत्ति

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि