nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतकाे ग्रेटर नोएडामा स्लीपर बस आगलागी, नौजनाको मृत्यु

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ८, २०८३, १:२७ मध्यान्ह
भारतकाे ग्रेटर नोएडामा स्लीपर बस आगलागी, नौजनाको मृत्यु

रौतहट, ८ असोज । भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडाको यमुना एक्सप्रेसवेमा स्लीपर बसमा आगलागी हुँदा नौ यात्रुको मृत्यु भएको छ। घटनापछि जीवित यात्रु तथा प्रत्यक्षदर्शीले सुनाएका अनुभवले दुर्घटनाको भयावह अवस्था देखाएको छ।

दिल्लीको कश्मीरी गेटबाट महोबा जाँदै गरेको राज कल्पना ट्राभल्सको बसमा बुधबार राति करिब ११:३० बजे आगलागी भएको हो। यमुना एक्सप्रेसवेअन्तर्गत जीरो पोइन्टबाट करिब ३२ किलोमिटर अगाडि जेवर थाना क्षेत्रको सडकमा बसमा आगो लागेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार आगलागीपछि बसभित्र बाक्लो धुवाँ भरिएको थियो। यात्रुहरू एकैपटक बाहिर निस्कन खोज्दा बसभित्र ठूलो भीड र भागदौड मच्चिएको थियो।

एक यात्रुले आफू बसको पछिल्लो सिटमा सुतिरहेको बेला आगलागीबारे थाहा पाएको बताए। उनका अनुसार बसको अगाडिको भागमा आगो लागेको थियो। बाहिर निस्कने क्रममा धुवाँले केही देख्न नसकिने अवस्था रहेको र यात्रुहरूले एकअर्कालाई धकेल्दै जसरी पनि बाहिर निस्कने प्रयास गरेको उनले बताए।

‘जुत्ता लगाउने समय पनि भएन’

घटनाकी प्रत्यक्षदर्शी रिंकी राजपूतले आफू बसमा सुतिरहेको बेला कसैले गेट ढकढक्याएपछि उठेको बताइन्। बाहिर निस्कने बेलासम्म बसमा अत्यधिक भीड भइसकेको र धुवाँले श्वास फेर्नसमेत कठिन भएको उनले बताइन्।

रिंकीका अनुसार उनले आफ्नो सामानसमेत निकाल्न पाइनन्। ‘जुत्ता लगाउने समय पनि भएन, फोन मात्रै लिएर बाहिर निस्किएँ,’ उनले घटनाको अनुभव सुनाउँदै भनिन्। उनका अनुसार बसभित्र यात्रुहरू एकअर्कालाई धकेल्दै बाहिर निस्कन खोजिरहेका थिए। धुवाँका कारण केही देख्न नसक्ने अवस्था थियो। आफूलाई कसैले तानेर बाहिर निकालेपछि त्यसपछिको धेरै कुरा सम्झना नरहेको उनले बताइन्।

उनले बसको अगाडिको भाग, चालक बस्ने ठाउँनजिकैबाट आगो सुरु भएको आफूले देखेको बताएकी छन्। उनका अनुसार थोरै यात्रु मात्र बाहिर निस्कन सफल भए भने केही यात्रु बसभित्रै फसेका थिए।

एफआईआरमा चालक–परिचालकमाथि गम्भीर आरोप

बसमा सवार सुनील कुमारको उजुरीका आधारमा दर्ता भएको एफआईआरमा आगलागीअघि नै बसबाट जलिरहेको गन्ध आएको उल्लेख छ। सुनीलका अनुसार बसमा करिब ३० देखि ३५ जना यात्रु सवार थिए। यमुना एक्सप्रेसवेमा पुगेपछि चालक बस्ने अगाडिको भागबाट जलिरहेको जस्तो गन्ध आउन थालेको र केही यात्रुले चालक तथा परिचालकलाई जानकारी गराएको एफआईआरमा उल्लेख छ।

तर चालकले उक्त गन्धलाई गम्भीर रूपमा नलिएको र बसमा यस्तै गन्ध आउने गरेको जवाफ दिएको आरोप छ। चालक र परिचालकले क्याबिनमा बिँडी तथा चुरोट सेवन गरिरहेको आरोपसमेत एफआईआरमा लगाइएको छ।

केही समयपछि चालकको सिटनजिकैबाट आगोको ठूलो लप्का निस्कन थालेपछि यात्रुले बस रोक्न आग्रह गरेका थिए। तर बस रोक्न ढिलाइ भएको र त्यसबीच आगो तीव्र गतिमा फैलिएको सुनीलको आरोप छ।

बस रोकिएपछि केही यात्रु झ्यालबाट हाम्फालेर तथा विभिन्न बाटोबाट बाहिर निस्कन सफल भएका थिए। तर आगो र धुवाँका कारण केही यात्रु बसभित्रै फसेका थिए।
उद्धारपछि नौ जनालाई उपचारका लागि कैलाश अस्पताल, जेवर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। मृतकको पहिचान तथा घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

बसभित्र फसेका यात्रुलाई निकाल्न स्थानीयले आगो निभाउने सिलिन्डर प्रयोग गरी झ्यालका सिसा फुटाउने प्रयाससमेत गरेका थिए। घटनापछि चालक र परिचालक फरार भएको बताइएको छ।

फायर ब्रिगेडको टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। त्यसपछि बसलाई पूर्ण रूपमा चिस्याउने ‘कुलडाउन’ प्रक्रिया गरिएको थियो।
आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले चालक, परिचालक तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ।
घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चासो व्यक्त गर्दै घाइतेको उचित उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

धनसारमा ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि