काठमाडौं, ८ असोज । उपत्यकाका विभिन्न स्थानमा सञ्चालित चेकिङका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिसिटिभी मार्फत निगरानी गरी ४० जना र रातो बत्ती उल्लंघन गर्ने १० जना चालक कारबाहीमा परेका हुन्।
यसैगरी, तीव्र गतिमा सवारी हाँक्ने ४४ जना, नो हर्न नियम उल्लंघन गर्ने ६ जना, लेन अनुशासन पालना नगर्ने ६ जना, सवारीको अवस्था ठिक नभएका ५ जना, एकतर्फी सडकमा सवारी चलाउने ५ जना र अन्य विभिन्न नियम उल्लंघन गर्ने १४७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।















Discussion about this post