बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख
जनकपुरधाम । बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि जनकपुरधामस्थित वर्मा मेडिकल हलका सञ्चालक सञ्जय वर्माले २ लाख रुपैयाँ सहयोग गरेका छन्।
वर्माले बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्।
बाढीका कारण विभिन्न क्षेत्रका परिवारहरू कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पीडित तथा आवश्यकतामा रहेका नागरिकलाई सहयोग पु¥याउन आफ्नो तर्फबाट आर्थिक योगदान गरेको वर्माले बताएका छन्।
विपद्को समयमा प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्र तथा व्यवसायीको पनि सामाजिक उत्तरदायित्व रहेको बताए।
सञ्जय वर्माको सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, विपद्को समयमा अन्य व्यक्ति, व्यवसायी तथा संघ–संस्थालाई समेत पीडितको सहयोगमा अघि बढ्न यस प्रकारको सहयोगले प्रेरणा दिने विश्वास गरिएको छ।















Discussion about this post