nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०८३, ५:१७ मध्यान्ह
मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

जनकपुरधाम/भदौ १८ गते । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन धनुषामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समिति गठन गरिएको छ। माइती नेपाल शाखा कार्यालय धनुषा लगायत आफन्त नेपाल शाखा कार्यालय धनुषा र शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय धनुषाको पहलमा जिल्ला समिति गठन गरिएको हो।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानलाई प्रभावकारी रूपमा सञ्चालन तथा समन्वय गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ बमोजिम समिति गठन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय धनुषामा बुधबार बसेको बैठकले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको अध्यक्षतामा जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा क्रियाशील संस्थाहरूलाई समेत सहभागी गराइएको छ।

बैठकले समितिको सदस्यमा माइती नेपाल शाखा कार्यालय धनुषा,आफन्त नेपाल शाखा कार्यालय धनुषा, शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय धनुषालाई मनोनयन गर्ने निर्णय गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकारी निकाय र गैरसरकारी संस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको भन्दै सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका तीनवटै संस्थालाई जिल्ला समितिमा समेटिएको हो।

समितिले जिल्लामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सचेतना अभिवृद्धि, जोखिममा रहेका व्यक्ति तथा समुदायको पहिचान, उद्धार, संरक्षण तथा पुनर्स्थापना र सम्बन्धित निकायबीच समन्वय गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

बैठकले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाउने निर्णयसमेत गरेको छ। यस वर्षको राष्ट्रिय दिवस ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ।

यसै क्रममा रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको ठूलो बाढीमा परी दिवंगत भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न भदौ २० गते शनिबार साँझ ६ बजे जनकचोकस्थित जनक मन्दिर परिसरमा दीप प्रज्वलन गर्ने निर्णय पनि बैठकले गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको अध्यक्षतामा भएको बैठकमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

धनुषामा झाडीबाट गाँजा बरामद 

धनुषामा झाडीबाट गाँजा बरामद 

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

विश्व सम्पदा सूचीको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा,भदौ २३ गते पनि बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

रसुवा बाढीपीडितका लागि औषधि व्यवसायी संघ धनुषाको ४ लाख १ सय ११ रुपैयाँ सहयोग

रसुवा बाढीपीडितका लागि औषधि व्यवसायी संघ धनुषाको ४ लाख १ सय ११ रुपैयाँ सहयोग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि