nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ८, २०८३, ५:४७ मध्यान्ह
सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सञ्जय मिश्रा/रौतहट/८ भदौ । रौतहटका स्थानीय तहमा बेरुजुको रकम वर्षेनी बढ्दै गएको पाइएको छ।

महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका विभिन्न पालिकामा ठूलो परिमाणमा बेरुजु देखाएको हो।

वर्षौँदेखि फर्छ्योट हुन नसकेको पुरानो बेरुजुमाथि नयाँ रकम थपिँदै जाँदा स्थानीय तहको वित्तीय व्यवस्थापन र आर्थिक अनुशासनमाथि प्रश्न उठेको छ। उपलब्ध विवरणअनुसार गढीमाई नगरपालिका रौतहटमा सबैभन्दा बढी बेरुजु भएको पालिका देखिएको छ।

गढीमाई नगरपालिकाको कुल बेरुजु करिब १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै नगरपालिकाको बेरुजु २६ करोड ८६ लाख रुपैयाँ थपिएको छ।

त्यसपछि राजपुर नगरपालिकाको कुल बेरुजु करिब १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। पछिल्लो आर्थिक वर्षमा मात्रै राजपुरमा ८ करोड ७० लाख ८३ हजार रुपैयाँ बेरुजु थपिएको तथ्यांक छ।

कटहरिया नगरपालिकाको कुल बेरुजु ९९ करोड १५ लाख १२ हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै यहाँ ११ करोड २१ लाख ७० हजार रुपैयाँ बेरुजु थपिएको देखिन्छ।

त्यस्तै वृन्दावन नगरपालिकाको कुल बेरुजु ९८ करोड ८९ लाख २६ हजार रुपैयाँ पुगेको छ। एक वर्षको अवधिमा मात्रै नगरपालिकामा १३ करोड १९ लाख रुपैयाँ बेरुजु थपिएको छ।

चन्द्रपुर नगरपालिकाको कुल बेरुजु पनि करिब ९७ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै चन्द्रपुरमा ६ करोड २ लाख २३ हजार रुपैयाँ बेरुजु थपिएको प्रतिवेदनले देखाउँछ।

बेरुजु देखिनु मात्रै भ्रष्टाचार होइन

बेरुजु देखिँदैमा त्यसलाई सिधै भ्रष्टाचारका रूपमा बुझ्न नमिल्ने जानकारहरू बताउँछन्। कानुनअनुसार आवश्यक कागजात तथा प्रमाण नपुगेको, तोकिएको प्रक्रिया पूरा नभएको, नियमित गर्नुपर्ने वा असुलउपर गर्नुपर्ने रकमसमेत लेखापरीक्षणका क्रममा बेरुजुमा पर्न सक्छ।

तर समस्या त्यतिबेला गम्भीर बन्छ, जतिबेला पुरानो बेरुजु फर्छ्योट नगरी हरेक आर्थिक वर्ष नयाँ बेरुजु थपिँदै जान्छ।
स्थानीय तहले बजेट खर्च गर्दा कानुनी प्रक्रिया, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने हुन्छ। तर ठूलो रकम बेरुजु देखिनु र त्यसको समयमै फर्छ्योट नहुनुले स्थानीय तहको वित्तीय व्यवस्थापनप्रति नागरिकमा स्वाभाविक रूपमा प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ।

महालेखापरीक्षकको कार्यालयले समेत बेरुजु फर्छ्योट गर्ने पहिलो जिम्मेवारी सम्बन्धित जिम्मेवार व्यक्ति तथा आर्थिक कारोबारमा संलग्न पदाधिकारीको हुने स्पष्ट गर्दै आएको छ।

जनप्रतिनिधिले नागरिकलाई हिसाब दिनुपर्ने
स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा पूर्वाधार निर्माणका नाममा ठूलो बजेट खर्च हुने गर्छ।
त्यसैले बजेट विनियोजन र खर्च गर्नु मात्र विकासको मापदण्ड बन्न नसक्ने जानकारहरूको भनाइ छ।

सार्वजनिक रकम कानुनसम्मत, पारदर्शी, मितव्ययी र परिणाममुखी ढंगले खर्च हुनु आवश्यक छ।

अब स्थानीय तहले ‘कति बजेट खर्च भयो’ भन्ने विवरण मात्र होइन, कति बेरुजु आयो, किन आयो, कति रकम असुल गर्नुपर्ने हो, कति नियमित गर्नुपर्ने हो र विगतको बेरुजुमध्ये कति फर्छ्योट भयो भन्ने विवरणसमेत नागरिकसामु सार्वजनिक गर्नुपर्ने अवस्था आएको छ।

रौतहटका पाँच पालिकामै झन्डै अर्ब रुपैयाँ आसपास बेरुजु देखिनुले जिल्लाको समग्र स्थानीय वित्तीय व्यवस्थापनबारे गम्भीर समीक्षा आवश्यक देखाएको छ।

गढीमाईमा करिब १ अर्ब १७ करोड, राजपुरमा १ अर्ब ११ करोड, कटहरियामा ९९ करोडभन्दा बढी, वृन्दावनमा करिब ९९ करोड र चन्द्रपुरमा करिब ९७ करोड रुपैयाँको बेरुजु हुनु सामान्य विषय होइन।
अब स्थानीय सरकारहरूले विकास योजनाको प्रगति र बजेट खर्चको विवरणसँगै सार्वजनिक रकमको हिसाब–किताब र बेरुजु फर्छ्योटको अवस्था पनि नागरिकसमक्ष स्पष्ट पार्नुपर्ने दबाब बढेको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

भारतको एक प्रसुती गृहमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि