nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०८३, ९:३५ मध्यान्ह
लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष
काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू सम्बोधन गर्दै यसको मूल उद्देश्य (उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास) बमोजिम पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नीति रिसर्च प्रालिले नेपाल लघुवित्त बैंकर्स संघसँगको सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘लघुवित्त क्षेत्रको पुनसंरचना: नीति चुनौती र समाधान’ विषयक विचार गोष्ठीका वक्ताहरूले लघुवित्त र सहकारी वा मिटरब्याज बीचको अन्तर बुझाउन नसक्दा भ्रम सिर्जना भएको र यसले क्षेत्रलाई नै जोखिममा पारेको बताएका हुन्।
विचार गोष्ठीमा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनविक्रम थापाले लघुवित्त संस्थाहरूको संस्थागत सुशासन र नेतृत्वमा प्रश्न उठेको बताए। ‘प्रतिस्पर्धाका आधारमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने व्यवस्था भए पनि अहिले करिब ५० प्रतिशत संस्थामा समस्या रहेको अवस्था छ,’  उनले भने, ‘लामो समयसम्म एउटै नेतृत्वलाई निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ। यसले संस्थागत सुशासन र नेतृत्वसम्बन्धी प्रश्नसमेत उठाएको छ।’
थापाले लघुवित्तले ग्रामीण विकासका लागि काम गरिरहेको र तत्काल अर्को विकल्प नभएकाले विद्यमान प्रणालीमै सुधार गर्नुपर्ने बताए। ‘लघुवित्त धितो नलिई कर्जा प्रवाह गर्ने संस्था भएकाले यसको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ,’ थापाले जोड दिँदै भने, ‘अहिले ८ प्रतिशतको पुँजीकोषको व्यवस्था छ। आगामी दिनमा उत्पादन तथा सेवाका आधारमा पुँजीकोष र लाभांशसम्बन्धी व्यवस्था गर्न सकिन्छ। तर, संस्थाको मूल उद्देश्य र जिम्मेवारीलाई भने बिर्सनु हुँदैन।’ उनले वास्तविक समस्यामा परेका ऋणीलाई पुनर्संरचना र पुनर्तालिकीकरणमार्फत समाधान खोज्नुपर्ने र निश्चित अवधिसम्म कालोसूचीबाट हटाउने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नियामक, सरकार र स्थानीय तहबीच सञ्चार तथा बुझाइको ठूलो खाडल (कम्युनिकेसन ग्याप) रहेको उल्लेख गरे। ‘हामीले कम्युनिकेसन गरेका छौँ, तर सही ठाउँमा गरिरहेका छैनौँ। जसले गर्दा इस्यु एड्रेस हुन सकेको छैन र जसले निर्णय गर्नुपर्ने हो, त्यहाँसम्म कुरा पुगेको छैन,’ श्रेष्ठले भने। उनले राष्ट्र बैंकका कर्मचारीहरूको सरुवा र रोटेसनका कारण विशेषज्ञता विकास हुन नसकेको टिप्पणी गर्दै लघुवित्तको वास्तविक मर्म बुझाउन विशेष कार्यशालाहरू आवश्यक रहेको बताए।
 
डा. श्रेष्ठले लघुवित्त संस्थाहरूलाई स्थानीय तहसँग साझेदार बन्न सुझाव दिए। ‘स्थानीय तह आफैँ अधिकारसम्पन्न छ। उनीहरूकै एजेन्डा पूरा गर्न लघुवित्तले सहयोग गर्न सक्छ,’ उनले स्पष्ट पारे, ‘स्थानीय तहका प्रतिनिधिहरूलाई बोलाएर लघुवित्तको महत्त्व बुझाउनुपर्छ। आफैँ–आफैँबीच कुरा गरेर मात्रै बाहिर गएर समस्या समाधान हुँदैन।’
लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपालको लघुवित्तको संस्थागत संरचना अन्य देशको तुलनामा बलियो रहेको दाबी गर्दै यसलाई विवादित बनाउन नहुने बताए। ‘नेपालको माइक्रोफाइनान्सको संरचनामा कर्पोरेट गभर्नेन्स, कम्प्लायन्स, रिस्क मिटिगेसन र सिस्टम स्ट्रेन्थनिङ छ,’ उनले भने, ‘ अब यो संरचनाबाट ब्याक हुन सक्ने अवस्था छैन। यसलाई विवादित बनायौँ भने फेरि ठूलो दुर्घटना आउन सक्छ। त्यसैले यही संरचनाभित्र सन्तुलन कायम गर्नुपर्छ।’
अध्यक्ष यादवले लघुवित्त र सहकारीबीचको अन्तर सर्वसाधारणले नबुझ्दा समस्या आएको उल्लेख गर्दै छुट्टै पहिचानका लागि पुनः ‘लघुवित्त बैंक’ लेख्न दिनुपर्ने प्रस्ताव गरे। उनले वाणिज्य बैंकहरूप्रतिको निर्भरता घटाउन वैकल्पिक कोष (फन्ड) को आवश्यकता औंल्याए। ‘नेपाल सरकारले विश्व बैंक वा एडीबीबाट सस्तो ब्याजदरमा पैसा लिएर राष्ट्र बैंकमार्फत वा स्वतन्त्र संरचनामार्फत लघुवित्तलाई स्रोत उपलब्ध गराउन सक्छ,’ उनको सुझाव थियो।

कार्यक्रममा पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानाले ‘लघुवित्तसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, नेपालमा लघुवित्तको अवस्था र भविष्यपरक दृष्टिकोण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै लघुवित्तलाई मिटरब्याजी वा अनौपचारिक अर्थतन्त्रसँग जोडेर दानवीकरण गर्न खोजिएकोमा चिन्ता व्यक्त गरे।
‘जुनसुकै शासकीय अभ्यास हुँदा पनि लघुवित्तलाई कताकता अनौपचारिक अर्थतन्त्र र मिटरब्याजीसँग लगेर जोडिदिएको पाइन्छ। साँच्चै हामीले सञ्चार गर्न नसकेको हो कि हाम्रा पीडाहरूलाई राम्रोसँग बोध गराउन नसकेको हो?’  ढुंगानाले प्रश्न गरे। उनले विकसित र विकासशील दुवै मुलुकमा साना अर्थतन्त्रलाई प्रवर्द्धन गर्न लघुवित्तको अहम् भूमिका रहेको र नेपालको कुल कृषि कर्जाको करिब ५३.२५ प्रतिशत हिस्सा लघुवित्तकै रहेको तथ्याङ्क प्रस्तुत गरे।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. भरत थापाले ‘लघुवित्तको विकासक्रम, योगदान र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै लघुवित्तको ऐतिहासिक भूमिका र वर्तमान संकटका आयामहरू विश्लेषण गरे। ‘नेपालमा लघुवित्तले ग्रामीण विपन्न वर्ग, विशेष गरी महिलाहरूको आर्थिक-सामाजिक सशक्तीकरण र गरिबी निवारणमा ऐतिहासिक योगदान पु¥याएको छ,’ उनले भने, ‘तर, तीव्र विस्तारका क्रममा वित्तीय अनुशासन खुकुलो हुनु, दोहोरो कर्जा (मल्टिफाइनान्सिङ) बढ्नु र प्रविधिको प्रयोगसँगै आएको सामाजिक परिवर्तनलाई सम्बोधन गर्न नसक्दा चुनौती थपिएका छन्।’ प्रा.डा. थापाले लघुवित्त संस्थाहरू केवल नाफामुखी नभई सेवामुखी र उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्तराज लम्सालले ‘बजेट र मौद्रिक नीतिमाथि टिप्पणी’ प्रस्तुत गर्दै सरकारी नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिले लघुवित्त क्षेत्रका वास्तविक समस्यालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गरे। ‘बजेट र मौद्रिक नीतिमा लघुवित्तलाई प्राथमिकतामा राखिए पनि कार्यान्वयन पक्ष फितलो छ,’ उनले भने, ‘वाणिज्य बैंकहरूले लघुवित्तमार्फत गर्नुपर्ने विपन्न वर्ग कर्जाको बाध्यकारी व्यवस्थामा खुकुलोपन ल्याउँदा खोजिँदै लघुवित्तको स्रोत व्यवस्थापनमै धक्का पुग्ने जोखिम छ।’

लम्सालले कर नीतिमा पुनरावलोकन गर्दै लघुवित्तलाई ३० प्रतिशत करको साटो प्राथमिकता प्राप्त क्षेत्र सरह छुट दिनुपर्ने र मौद्रिक नीतिमार्फत ऋणीहरूको पुनर्संरचनाका लागि स्पष्ट र व्यावहारिक मार्गदर्शन ल्याइनुपर्ने माग गरे।

Tags: अर्थ/बाणिज्यलघुवित्त

Discussion about this post

Related Posts

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

जनकपुरधाममा राम युवा कमिटीको दुर्गा पूजा तयारी अन्तिम चरणमा

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

कसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी ?

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

शारदीय नवरात्र सुरु, पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

बारामा सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित तीनजना गम्भीर घाइते

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

आज बडादशैंको पहिलो दिन, घर घरमा जमरा राखिँदै

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

धनुषा : ई–रिक्साभित्र लुकाएर ल्याइएका ८ लाख ८५ हजारका सामान बरामद

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि