nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३०, २०८३, १:१२ मध्यान्ह
शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

हैदारावाद/साउन ३० गते । यो कुरा २१ डिसेम्बर २०१८ हो, त्यो मिति जब शाहरुख खानको चलचित्र ‘जीरो’ र यशको ‘केजीएफ’ बीच प्रतिस्पर्धा भएको थियो अर्थात एकै दिन सिनेमा हलमा लागेको थियो ।

तर, यस भिडन्तमा दक्षिण भारतीय सिनेमाका दर्शक माझ मात्रै सिमित रहेको अभिनेता यश स्पष्ट विजेताका रूपमा उदाए र तीव्र गतिमा ‘पान इन्डिया’ अर्थात सम्पूर्ण भारतभरका सुपरस्टार बने। यसको विपरीत शाहरूख खानको ‘जीरो’ भने नराम्रोसँग असफल भयो । यसको असफलताले शाहरुखलाई चलचित्रबाट चार वर्षको विश्राम लिन बाध्य बनाएको थियो, कतिसम्म भने यो शाहरूख खानको बलिउड यात्रामा सबैभन्दा कठिन समय पनि बन्न पुग्यो ।

तैपनि, यतिका वर्ष बितिसक्दा पनि यशले त्यस प्रतिस्पर्धाको नतिजालाई आफ्नो घमण्ड भने बन्न दिएका छैनन्। उनी मान्छन् कि जुन दिन उनले आफूलाई शाहरुखजस्ता दिग्गज कलाकारभन्दा श्रेष्ठ ठान्न थाल्छन्, त्यसै दिन उनको करिअर समाप्त हुनेछ।

यशको बहु प्रतिक्षित चलचित्रहरू ‘टक्सिक’ अगस्ट २६ मा रिलिज हुँदैछ र साथै उनी नोभेम्बर अर्थात दिपावलीमा ‘रामायण’ मा पनि आउने भएको छ।

हालै, यी चलचित्रहरूको प्रचारप्रसारका लागि उनी इन्डिया टिभीको विशेष कार्यक्रम ‘आप की अदालत’ मा सहभागी भएका थिए । उक्त एपिसोडको प्रोमो अनलाइन सार्वजनिक गरिएको छ, जसमा यशले आफ्नो ‘केजिएफ’ र शाहरूखको ‘जिरो’  बीच बक्स अफिसमा भएको ऐतिहासिक भिडन्तबारे पहिलो पटक चर्चा गरेका छन्।

कुराकानीका क्रममा यशले आफू बलिउड किङ्ग शाहरुखको ठूलो प्रशंसक रहेको बताएका छन। यसको जवाफमा कार्यक्रम प्रस्तोता रजत शर्माले एउटा घटना स्मरण गराए कि जब शाहरुखले उनलाई भेट्न समय निकालेका थिएनन्, त्यसको झोंकमा यशले आफ्नो चलचित्र ‘केजिएफ’ लाई शाहरूखको ‘जिरो’ को विरुद्धमा भिडाएका थिए ।

तर, यो सुनेपछि यश भन्छन्, ‘त्यतिबेला हाम्रो चलचित्र ‘केजिएफ’ सानो थियो, शाहरुख सरको चलचित्र ठूलो थियो। त्यसैले हामीले हाम्रो चलचित्र उहाँकै चलचित्र रिलिज भएको मितिमा नै प्रदर्शन गर्‍यौं, हामीले पनि सोचेका थिएनौं कि ‘केजिएफ’ शाहरूख सरको ‘जिरो’ भन्दा तुलनात्मक रूपमा बढी चल्छ भन्ने तर सो चलचित्र असफल भएको भनिए पनि उहाँ सदैव सुपरस्टार, सम्मानित हुनुहुन्छ। जुन दिन म आफूलाई आफ्ना अग्रजहरूभन्दा ठूलो ठान्न थाल्छु, त्यही दिन मेरो पसल बन्द हुनेछ।’

तर, सन् २०१८ मा ‘केजिएफ’ को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा यशले भनेका थिए कि ‘देशमा एकैसाथ दुई वा तीनवटा ठूला चलचित्रहरू प्रदर्शन हुन सक्ने पर्याप्त ठाउँ छ । त्यसैले कुनै एउटा मात्र चलचित्रले सम्पूर्ण बजार ओगट्न सक्दैन।’

तर, रजत शर्माको कार्यक्रममा उनले भने ‘जिरो’सँगको जुधाइ जानाजानी नभएको स्पष्ट पार्दै वितरकहरूको चाहना बमोजिम नै उक्त मिति तय गरिएको बताएका छन ।

उल्लेखनीय छ कि यशको ‘केजिएफ’ करिब ८० करोड रुपैयाँको बजेटमा निर्माण गरिएको थियो। ‘स्याकनिल्क’ का अनुसार सन् २०१८ मा यसले विश्वभर २३७.७५ करोड रुपैयाँको कमाइ गरेर किर्तिमान कायम गरेको थियो। यसको विपरीत शाहरुख खान अभिनित ‘जिरो’, जुन २०० करोड रुपैयाँको बजेटमा बनेको थियो, जसले बक्स अफिसमा जम्मा १७८ करोड रुपैयाँ मात्र कमाएर फ्लप भएको थियो ।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

मधेशको कथा बोकेको फिल्म ‘प्रतिवैरम्’ मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन 

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

स्वतन्त्रता दिवसको अवसरमा मोदीले लालकिल्लावाट भनेका यस्ता छन् १० कुरा

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

यस्तो छ प्रकाशशरण महतले पेश गरेको आर्थिक सामाजिक नीति

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

अदालतले दियो अभिनेत्री तब्बुलाई ‘पर्सनालिटी राइट्स’, एआईमा तब्बुलाई देखाउन नपाइने 

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले ‘क्राइम पेट्रोल’को होस्ट गर्ने, सकाए १५ एपिसोडको सुटिङ

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

अजय देवगनले लिए जुहुमा मासिक १६ लाखमा बंगला भाडामा

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न जनकपुरधाममा वाकाथन

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न जनकपुरधाममा वाकाथन

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुनचाँदीको बिशाल भण्डार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि