हैदारावाद/साउन ३० गते । यो कुरा २१ डिसेम्बर २०१८ हो, त्यो मिति जब शाहरुख खानको चलचित्र ‘जीरो’ र यशको ‘केजीएफ’ बीच प्रतिस्पर्धा भएको थियो अर्थात एकै दिन सिनेमा हलमा लागेको थियो ।
तर, यस भिडन्तमा दक्षिण भारतीय सिनेमाका दर्शक माझ मात्रै सिमित रहेको अभिनेता यश स्पष्ट विजेताका रूपमा उदाए र तीव्र गतिमा ‘पान इन्डिया’ अर्थात सम्पूर्ण भारतभरका सुपरस्टार बने। यसको विपरीत शाहरूख खानको ‘जीरो’ भने नराम्रोसँग असफल भयो । यसको असफलताले शाहरुखलाई चलचित्रबाट चार वर्षको विश्राम लिन बाध्य बनाएको थियो, कतिसम्म भने यो शाहरूख खानको बलिउड यात्रामा सबैभन्दा कठिन समय पनि बन्न पुग्यो ।
तैपनि, यतिका वर्ष बितिसक्दा पनि यशले त्यस प्रतिस्पर्धाको नतिजालाई आफ्नो घमण्ड भने बन्न दिएका छैनन्। उनी मान्छन् कि जुन दिन उनले आफूलाई शाहरुखजस्ता दिग्गज कलाकारभन्दा श्रेष्ठ ठान्न थाल्छन्, त्यसै दिन उनको करिअर समाप्त हुनेछ।
यशको बहु प्रतिक्षित चलचित्रहरू ‘टक्सिक’ अगस्ट २६ मा रिलिज हुँदैछ र साथै उनी नोभेम्बर अर्थात दिपावलीमा ‘रामायण’ मा पनि आउने भएको छ।
हालै, यी चलचित्रहरूको प्रचारप्रसारका लागि उनी इन्डिया टिभीको विशेष कार्यक्रम ‘आप की अदालत’ मा सहभागी भएका थिए । उक्त एपिसोडको प्रोमो अनलाइन सार्वजनिक गरिएको छ, जसमा यशले आफ्नो ‘केजिएफ’ र शाहरूखको ‘जिरो’ बीच बक्स अफिसमा भएको ऐतिहासिक भिडन्तबारे पहिलो पटक चर्चा गरेका छन्।
कुराकानीका क्रममा यशले आफू बलिउड किङ्ग शाहरुखको ठूलो प्रशंसक रहेको बताएका छन। यसको जवाफमा कार्यक्रम प्रस्तोता रजत शर्माले एउटा घटना स्मरण गराए कि जब शाहरुखले उनलाई भेट्न समय निकालेका थिएनन्, त्यसको झोंकमा यशले आफ्नो चलचित्र ‘केजिएफ’ लाई शाहरूखको ‘जिरो’ को विरुद्धमा भिडाएका थिए ।
तर, यो सुनेपछि यश भन्छन्, ‘त्यतिबेला हाम्रो चलचित्र ‘केजिएफ’ सानो थियो, शाहरुख सरको चलचित्र ठूलो थियो। त्यसैले हामीले हाम्रो चलचित्र उहाँकै चलचित्र रिलिज भएको मितिमा नै प्रदर्शन गर्यौं, हामीले पनि सोचेका थिएनौं कि ‘केजिएफ’ शाहरूख सरको ‘जिरो’ भन्दा तुलनात्मक रूपमा बढी चल्छ भन्ने तर सो चलचित्र असफल भएको भनिए पनि उहाँ सदैव सुपरस्टार, सम्मानित हुनुहुन्छ। जुन दिन म आफूलाई आफ्ना अग्रजहरूभन्दा ठूलो ठान्न थाल्छु, त्यही दिन मेरो पसल बन्द हुनेछ।’
तर, सन् २०१८ मा ‘केजिएफ’ को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा यशले भनेका थिए कि ‘देशमा एकैसाथ दुई वा तीनवटा ठूला चलचित्रहरू प्रदर्शन हुन सक्ने पर्याप्त ठाउँ छ । त्यसैले कुनै एउटा मात्र चलचित्रले सम्पूर्ण बजार ओगट्न सक्दैन।’
तर, रजत शर्माको कार्यक्रममा उनले भने ‘जिरो’सँगको जुधाइ जानाजानी नभएको स्पष्ट पार्दै वितरकहरूको चाहना बमोजिम नै उक्त मिति तय गरिएको बताएका छन ।
उल्लेखनीय छ कि यशको ‘केजिएफ’ करिब ८० करोड रुपैयाँको बजेटमा निर्माण गरिएको थियो। ‘स्याकनिल्क’ का अनुसार सन् २०१८ मा यसले विश्वभर २३७.७५ करोड रुपैयाँको कमाइ गरेर किर्तिमान कायम गरेको थियो। यसको विपरीत शाहरुख खान अभिनित ‘जिरो’, जुन २०० करोड रुपैयाँको बजेटमा बनेको थियो, जसले बक्स अफिसमा जम्मा १७८ करोड रुपैयाँ मात्र कमाएर फ्लप भएको थियो ।















Discussion about this post