विराटनगर/असार ३२ गते। नेपाली कांग्रेसले कोशी प्रदेशमा पनि नेकपा एमालेसँग भइरहेको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ। विराटनगरमा बिहिबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले नेकपा एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशमा हाल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन रहेको छ । सो सत्ता गठबन्धनलाई अव निरन्तरता नदिने निर्णय भएको नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले जानकारी दिए ।
तर, सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भने भई नसकेको बताउँदै छलफलमा नै रहेको जानकारी दिएका छन् ।















Discussion about this post