nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

गिरिजानन्द साह गिरिजानन्द साह
असार २७, २०८३, ७:०२ मध्यान्ह
जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

धनुषा/असार २७ गते । जलवायु परिवर्तनका बढ्दो असर र त्यसबाट उत्पन्न जोखिम न्यूनीकरणमा युवाको भूमिका सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न भएको छ।

दिगो विकास इन्स्टिच्युटको आयोजना तथा कायापलट र ओरेक नेपालको सहयोगमा जिल्ला समन्वय समिति धनुषाको सभाहलमा आयोजित एकदिने कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट करिब ६० जना युवा, विद्यार्थी, सामाजिक अभियन्ता, महिला तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशका उपसचिव बेचनकुमार महतोले जलवायु परिवर्तनले मधेश प्रदेशमा अत्यधिक गर्मी, अनियमित वर्षा, बाढी तथा भूमिगत जलस्रोतको तीव्र ह्रासजस्ता चुनौती बढाएको बताए। उनले जलवायु परिवर्तन अब वातावरणीय समस्या मात्र नभई सामाजिक तथा आर्थिक न्यायसँग प्रत्यक्ष जोडिएको विषय बनेको उल्लेख गर्दै यसको प्रभाव न्यूनीकरणका लागि सरकार, नागरिक समाज र युवाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

उपसचिव महतोले मन्त्रालयले वन तथा वातावरण क्षेत्रमा लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीति कार्यान्वयनमा ल्याइसकेको जानकारी दिँदै ती नीति स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कायापलटका कार्यक्रम अधिकृत प्रत्युष ठाकुरले जलवायु परिवर्तन, जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, मानव अधिकार तथा युवाको भूमिकाबारे प्रस्तुति दिएका थिए। उनले जलवायु संकटसँग जुध्न युवाको सक्रिय सहभागिता र स्थानीय तहमा नेतृत्व विकास आवश्यक रहेको बताए।

ओरेक नेपाल मधेश प्रदेशकी संयोजक बिना सिंहले जलवायु परिवर्तनका कारण महिला स्वास्थ्य, जीविकोपार्जन र सामाजिक जीवनमा परेको प्रभावबारे चर्चा गर्दै लैङ्गिक दृष्टिकोणबाट जलवायु न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइन्। नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष मनिका झाले सञ्चारमाध्यम र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत जलवायु न्यायसम्बन्धी जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रम संयोजक आभाष कर्णले जनकपुरधाममा बढ्दो तापक्रम, फोहोर व्यवस्थापन तथा अन्य वातावरणीय चुनौतीप्रति युवालाई सचेत र सक्रिय बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी दिए। उनले आगामी दिनमा पनि युवा नेतृत्वमा जलवायु न्याय तथा वातावरण संरक्षणसम्बन्धी अभियानलाई निरन्तरता दिइने बताए।

कार्यक्रम व्यवस्थापनमा धर्मेन्द्र महतो र आयुष कर्णले सहकार्य गरेका थिए। आयोजक दिगो विकास इन्स्टिच्युटले दिगोपन, समानता र जलवायु न्याय प्रवर्द्धन गर्दै युवा नेतृत्व विकास तथा सकारात्मक सामाजिक परिवर्तनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

१०८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर, धार्मिक पर्यटक बढे

१०८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर, धार्मिक पर्यटक बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!