nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

सजिलो पोस्ट सजिलो पोस्ट
असार २०, २०८३, १२:२६ मध्यान्ह
बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

काठमाडौं/असार २० गते। जेन–जी अभियन्ता मो. नइम राईनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएका छन्। सय दिनमा सय काम गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको सरकारले अपेक्षाअनुसार परिणाम दिन नसकेको उनको भनाइ छ।

शनिबार एक धारणा सार्वजनिक गर्दै राईनले जेन–जी आन्दोलनले केवल नयाँ अनुहारलाई सत्तामा पुर्‍याउन नभई शासन प्रणालीमा परिवर्तन, सुशासन र परिणाममुखी नेतृत्वको अपेक्षा गरेको स्मरण गराए।

“भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले पुरानो राजनीतिक संस्कृतिप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ पुस्ताको नेतृत्व स्थापित गरेको थियो। तर सरकारको सय दिनको समीक्षा गर्दा जनताले खोजेको परिणाम अझै देखिएको छैन,” राईनले भने।

उनले सरकारको नेतृत्व गरिरहेको दलले आफ्नो महाधिवेशनबाट पारित गरेका केही नीतिगत विषयले संघीयताप्रति नै शंका उत्पन्न गरेको आरोप लगाए। “नेपालको संविधानले परिकल्पना गरेको संघीय व्यवस्थालाई थप सुदृढ बनाउनु पर्ने बेला संघीयताको औचित्यमाथि नै प्रश्न उठ्ने गरी बहस र प्रस्ताव आउनु चिन्ताजनक विषय हो,” उनले बताए।

राईनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई थप अधिकार, स्रोत र क्षमता हस्तान्तरण हुनुपर्नेमा त्यसतर्फ सरकारको स्पष्ट पहल नदेखिएको टिप्पणी गरे।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयमाथि पनि उनले प्रश्न उठाए। “संसदीय प्रक्रियाबाट समाधान खोज्न सकिने विषयमा अध्यादेशको बाटो रोजिनु आवश्यक थियो कि थिएन भन्ने प्रश्न आज पनि कायम छ। लोकतान्त्रिक व्यवस्थामा अध्यादेश अपवाद हुनुपर्छ, अभ्यास होइन,” उनले भने।

सुकुम्बासी तथा भूमिहीन नागरिकको विषयमा बोल्दै राईनले सार्वजनिक जग्गा संरक्षण आवश्यक भए पनि वास्तविक भूमिहीन नागरिकलाई वैकल्पिक व्यवस्थापनबिना विस्थापित गर्नु उचित नहुने बताए।

“राज्यको जिम्मेवारी अतिक्रमण हटाउनु मात्र होइन, नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्नु पनि हो। व्यवस्थापनभन्दा हटाउने कार्यलाई प्राथमिकता दिइँदा धेरै नागरिकमा असुरक्षा बढेको देखिन्छ,” उनले उल्लेख गरे।

गृह प्रशासनको कार्यसम्पादनप्रति पनि उनले मिश्रित प्रतिक्रिया दिए। गृह मन्त्री सुधन गुरुङले सुरुवातमा कडा कदम चाल्ने संकेत दिए पनि त्यसको परिणाम देखिन नसकेको उनको भनाइ छ।

“मन्त्री नियुक्त भएको प्रारम्भिक चरणमै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेख पक्राउ परेपछि सरकारले कानुनी शासन स्थापित गर्न खोजेको सन्देश गएको थियो। तर अदालतको आदेशपछि रिहाइ भयो। त्यसपछि उक्त प्रकरण कहाँ पुग्यो भन्ने विषयमा जनताले स्पष्ट जानकारी पाएका छैनन्,” उनले भने। “कारबाही सुरु गर्नु ठूलो कुरा होइन, त्यसलाई निष्कर्षमा पुर्‍याउनु ठूलो कुरा हो। अन्यथा जनताले यसलाई केवल राजनीतिक प्रदर्शनका रूपमा बुझ्न सक्छन्,” उनले टिप्पणी गरे।

राईनले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा केही सकारात्मक संकेत देखिए पनि ती संकेतहरू अझै नागरिकको दैनिक जीवनमा परिणामका रूपमा नदेखिएको बताए।

उनले सरकारको सय दिनलाई अन्तिम मूल्यांकनको आधार बनाउन नहुने स्वीकार गर्दै अबका दिनमा सरकारले घोषणाभन्दा परिणाममा केन्द्रित हुनुपर्नेमा जोड दिए।

“सय दिन कुनै सरकारको अन्तिम परीक्षा होइन। तर सरकारले कुन दिशातर्फ देशलाई लैजान खोजिरहेको छ भन्ने संकेत दिने अवधि अवश्य हो। जेन–जी आन्दोलनले जन्माएको आशा अझै जीवित छ, तर त्यसलाई जोगाउने जिम्मेवारी सरकारकै काँधमा छ,” राईनले भने।

Tags: विचार

Discussion about this post

Related Posts

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

पत्रकार महिलाहरूको समस्या पहिचान तथा समाधानका उपाय खोजी सम्बन्धी गोष्ठी सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!