nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २९, २०८३, ७:०१ मध्यान्ह
सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

धनुषा/जेठ २९ गते। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने नयाँ कमला पुल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन नगरिएको भन्दै स्थानीयवासीले मधेश प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका छन्।

कमला पुल निर्माण संघर्ष समितिको नेतृत्वमा भेला भएका स्थानीयहरूले प्रदेशसभा परिसर नजिक टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले पुल निर्माणमा वर्षौंदेखि बेवास्ता गरिएको आरोप लगाउँदै तत्काल आवश्यक बजेट व्यवस्था गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘नयाँ कमला पुल निर्माण गर’, ‘झुटा आश्वासन चाहिँदैन’ र ‘मनोमानी चल्दैन’ लगायतका नारा लगाएका थिए। उनीहरूले प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीप्रति असन्तुष्टि व्यक्त गर्दै पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

आन्दोलनकारीहरूका अनुसार प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा कमला पुल निर्माणका लागि कुनै रकम नछुट्याएपछि विरोध प्रदर्शन गर्न बाध्य हुनुपरेको हो। उनीहरूले सिरहा र धनुषालाई जोड्ने उक्त पुल यातायात, व्यापार तथा आर्थिक गतिविधिका दृष्टिले अत्यन्त महत्वपूर्ण भएकाले यसको निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने बताएका छन्।

यसअघि पनि संघर्ष समितिले संघीय सरकारले ल्याएको बजेटमा समेत कमला पुल निर्माणका लागि रकम विनियोजन नगरिएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेको थियो। स्थानीयवासीले संघीय र प्रदेश दुवै सरकारले पुल निर्माणको विषयलाई निरन्तर उपेक्षा गरेको आरोप लगाएका छन्।

संघर्ष समितिले कमला पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि