nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २४, २०८३, ७:४६ मध्यान्ह
महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

धनुषा/जेठ २४ गते। महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासहत्या गरिएको परिवारजनको आरोप लगाएका छन्। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवाका कपिल दास मृत अवस्थामा फेला परेको घटनामा उनकी श्रीमती रेखा देवी दासले हत्या गरेर आत्महत्याको रूप दिइएको आरोप लगाएकी छन् ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै रेखा देवीले आफ्ना श्रीमानले आत्महत्या नगरेको दाबी गर्दै उनीसँग घुमफिर गर्ने केही व्यक्तिले हत्या गरी झुण्ड्याएको आशंका व्यक्त गरिन् । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग समेत गरेकी छन् ।

रेखा देवीका अनुसार कपिल दास वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका थिए । करिब ६ वर्षपछि उनी तीन महिनाअघि दुई महिनाको बिदामा घर फर्किएका थिए । घर फर्किएपछि उनी रोशन राउत, विवेक यादव र राकेश यादव नाम गरेका साथीहरूसँग भारत घुम्न जाने तथा त्यहाँबाट लागुऔषध सेवन गरेर घर फर्किने गरेको उनले बताइन् ।

उनका अनुसार वैशाख ९ गते कपिल घरबाट बाहिरिएपछि फर्किएनन् । खोजी गर्ने क्रममा घरदेखि करिब एक किलोमिटर पश्चिममा रहेको चन्देश्वर यादवको आँप बगैंचामा कपडाको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

रेखा देवीले घरमा कुनै पारिवारिक विवाद, आर्थिक समस्या वा अन्य त्यस्तो कारण नरहेको अवस्थामा श्रीमानले आत्महत्या गर्न नसक्ने दाबी गरिन् । “उहाँको मृत्यु शंकास्पद छ । उहाँलाई हत्या गरेर झुण्ड्याइएको हो भन्ने मेरो विश्वास छ,” उनले भनिन् ।

उनले श्रीमानका तीन जना साथीमाथि प्रत्यक्ष शंका व्यक्त गर्दै घटनामा उनीहरूको संलग्नता हुन सक्ने आरोप लगाइन् । साथै, लक्ष्मीनिया देवी नामकी एक महिलासँग पनि कपिल दासको कुराकानी हुने गरेको उल्लेख गर्दै घटनामा उनको समेत संलग्नता हुन सक्ने आशंका व्यक्त गरिन् ।

रेखा देवीका अनुसार घटनाबारे प्रहरीमा उजुरी दिइए पनि दुई महिना बित्न लाग्दा समेत अनुसन्धानबाट कुनै ठोस निष्कर्ष नआएको भन्दै उनले असन्तुष्टि जनाइन् । “मैले अहिलेसम्म न्याय पाएकी छैन । घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गरियोस्,” उनले आग्रह गरिन् ।

उनले शव फेला परेको अवस्थामाथि पनि प्रश्न उठाएकी छन् । उनका अनुसार झुण्डिएको अवस्थामा फेला परेको शवको आधा शरीर जमिनसँग जोडिएको देखिएकाले घटना आत्महत्या नभई कर्तव्य ज्यानको हुन सक्ने आधार रहेको दाबी गरिन् ।

पत्रकार सम्मेलनमार्फत उनले मानवअधिकारकर्मी, सञ्चारमाध्यम, नागरिक समाज तथा सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन र न्याय प्राप्तिका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।

यता, घटनाबारे प्रहरीको आधिकारिक अनुसन्धान जारी रहेको बताइएको छ । यद्यपि, अहिलेसम्म अनुसन्धानको निष्कर्ष सार्वजनिक गरिएको छैन । मृतकका परिवारले भने सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही नभएसम्म आफ्नो न्यायको लडाइँ जारी रहने बताएका छन् ।

 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि