धनुषा/जेठ १२ गते । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । आज मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मन्त्रिपरिषद् विस्तारसँगै युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै लखनदास तत्मा लाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मनोज कुमार सिंहलाई श्रम तथा संस्कृति मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै नागेन्द्र साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद समीर भौतिक पूर्वाधार मन्त्री बनेका छन् । यसअघि उनी विना विभागीय मन्त्रीको रूपमा सरकारमा रहेका थिए ।
दलगत भागबण्डाअनुसार नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस बाट एक–एक जना मन्त्री सरकारमा सहभागी भएका छन् भने नेकपा एमाले बाट चार जना मन्त्री नियुक्त भएका छन् ।




















Discussion about this post