महोत्तरी/फागुन २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को मत परिणाम अनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो ।
क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० र निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा जम्मा चार लाख ३१ हजार २८२ मतदाता रहेकामा दुई लाख ६१ हजार ३४६ (६०.५९ प्रतिशत) जनाले मतदान गरेका थिए । जसमध्ये दुई लाख ४१ हजार ४११ मत (९२.३७ प्रतिशत) सदर भएको थियो । १९ हजार ९३५ मत (७.६२ प्रतिशत) बदर भएको हो ।





















Discussion about this post