पुराना दलहरूको कार्यशैली र नीतिको मूल्यांकन गर्दै वैकल्पिक राजनीतिक धारको आवश्यकता महसुस गरेका साहले कलम र विचारमार्फत नयाँ राजनीतिक शक्तिको अवधारणा अघि सारेका थिए। यही विचार राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेल खाएपछि पार्टी स्थापना कालदेखि नै उनी सक्रिय रूपमा पार्टी निर्माणमा लागे। पार्टीको पहिलो जिम्मेवारीका रूपमा उनले धनुषा जिल्ला सभापतिको भूमिका निर्वाह गर्दै पार्टीको पहिलो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका थिए।
पार्टीभित्र कुशल रणनीतिकारका रूपमा चिनिने साह मधेश प्रदेशमा रणनीति निर्माण र कार्यान्वयनमा अब्बल मानिन्छन्। उनको लोकप्रियता र प्रभावकारी कार्यशैलीका कारण विस्तारित प्रदेश बैठकबाट उनलाई मधेश प्रदेशको महामन्त्रीको जिम्मेवारी सुम्पिएको थियो। महामन्त्री बनेपछि उनले महेन्द्र राजमार्गदेखि हुलाकी राजमार्गसम्म संगठन विस्तार गर्ने रणनीतिक योजना अघि सारेका छन्।
साहको मुख्य जोड नीतिगत सुधारमा केन्द्रित छ। उद्योग नीति, शिक्षा नीति, कृषि नीति लगायत राज्यका विभिन्न क्षेत्रमा देखिएको नीतिगत कमजोरी र ‘ढुकुटी लुट’ प्रवृत्तिको अन्त्य गर्दै विज्ञहरूसँगको परामर्शमा व्यवहारिक र दिगो नीति निर्माण गर्ने उनको लक्ष्य रहेको छ। यसमार्फत मधेश मात्र होइन, समग्र देशलाई समृद्धिको दिशामा अघि बढाउने उनको प्रतिबद्धता रहेको बताइन्छ।
पार्टी सदस्य र कार्यकर्तामाझ साहको क्षमता, सक्रियता र लोकप्रियताका कारण उनलाई समानुपातिक सांसदका रूपमा संसद् प्रवेश गर्ने प्रबल सम्भावना रहेको आँकलन गरिएको छ।


Discussion about this post