गिरिजानन्द साह/जनकपुरधाम/मंसिर २४ गते। मिथिला डिपार्टमेन्ट स्टोरले आफ्नो सेवा परिमार्जन र पहुँच विस्तार गर्ने उद्देश्यसहित जनकपुरधाममा पाँचौ शाखा संचालनमा ल्याएको छ । क्याम्पस चौकदेखि कटैया चौरी जाने बाटोमा स्थापित पाचौं शाखाको आज औपचारिक उद्घाटन गरिएको हो । उद्घाटनसँगै स्टोरले सर्वसाधारणका लागि पूर्णरूपमा नियमित सेवा शुरु भएको जानकारी दिएको छ ।
विगत ११ वर्षदेखि जनकपुरधाममा सञ्चालनमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरले बुधबार एक समाराेहका बीच जनकपुरधाम उपमहानगरपालिका वडा न.-४ का वडा अध्यक्ष सुरेश झाले उक्त स्टोरको उद्घाटन गरेका हुन्।
शिव चौकबाट २०७१ सालमा सुरु गरिएको मिथिला डिपार्टमेन्ट स्टोरले सफलतापूर्वक सेवा विस्तार गर्दै रामानन्द चौकमा दोस्रो शाखा भ्रमरपुरा चोकमा तेस्रो र कदम चौकमा चौथो शाखा सञ्चालनमा ल्याइसकेको छ।
मिथिला डिपार्टमेन्टल स्टोरका म्यानेजिङ्ग डाईरेक्टर शिवेन्द्र झा का अनुसार बढ्दो उपभोक्ता आवश्यकता, बजारको माग, र व्यवस्थित खुद्रा सेवाको मागलाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको हो । “जनकपुरधामका विभिन्न स्थानमा फैलिएको ग्राहक आधारलाई अझ सजिलो सेवा दिन चौथो शाखा स्थापना गरिएको हो,” झा ले जनाएको छ ।
नयाँ शाखामा दैनिक उपभोग्य सामान, किराना, स्टेशनरी, बेभरेज, किचेन तथा घरेलु सामग्री, कस्मेटिक र अन्य उपभोक्ता सामग्री एकै स्थानमा उपलब्ध गराइएको छ । विशेषगरी परिवार, विद्यार्थी, कार्यालय कर्मचारी तथा स्थानीय बासिन्दा लक्षित गरि सहज पहुँच, उचित मुल्य, गुणस्तर सुनिश्चितता र व्यवस्थित ग्राहक सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।
शाखा विस्तारसँगै स्थानीयस्तरमा रोजगारी वृद्धि तथा व्यवस्थित खुद्रा बजारको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । आगामी दिनमा जनकपुरधामका प्रमुख चोक–चोकमा मिथिला डिपार्टमेन्टको शाखा विस्तार गर्ने योजना रहेको स्टोरले जनाएको छ।














Discussion about this post