nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २०, २०८२, ४:१२ मध्यान्ह
सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सर्लाही/मंसिर २० गते। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारले एकपछि अर्को अनैतिक कुकर्म गरिरहेको गम्भीर आरोप लगाए । जेन–जी युवाहरूको रगत र बलिदानीबाट बनेको सरकारले आज ती युवा शहीदको सपना, मर्म र भावनामाथि प्रहार गरेको भन्दै उनीहरुको हत्यारालाई कानूनी कठघरामा उभ्याउन साहको माग छ । सरकारलाई २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउनेमात्रै एकल म्याण्डेट नभएको भन्दै जेन–जी आन्दोनलको क्रममा युवाहरुको छाती र टाउकोमा ताकि ताकि गोली हानेर हत्या गर्नेहरुलाई कानूनी कारबाहीमा उभ्याउनु मुख्य दायित्व भएको उल्लेख गर्दै आजसम्म त्यसतर्फ सरकारले कुनै ठोस कदम नचालेकोमा साहले आक्रोश पोखे ।

आज (शनिबार) सर्लाहीको गोडैतामा आजपा सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आज आफ्नो धरालत बिर्सिएर एकपछि अर्को गरेर गलत र कुकर्म गरिरहेको आरोप लगाए । उनले जेन–जी आन्दोलनलाई बदनाम गराउन र विद्रुपीकरण गर्नतर्फ सरकार अग्रसर रहेको भन्दै आन्दोलनकारीलाई पक्राउ गर्ने र धरपकड गर्ने कार्य तत्काल रोक्नसमेत चेतावनी दिए ।

आजपा अध्यक्ष साहले भने, ‘जेनजी आन्दोलन के गलत थियो ? गलत हो भने अहिलेका प्रधानमन्त्री सुशीला कार्कीले गलत थियो भनेर भन्नुपर्यो, होईन भने आन्दोलन सही हुने अनि आन्दोलनकारीलाई थुन्ने ? यो कहाँसम्मको निर्लज्जता देखाउनुभएको छ ? जसले युवा तथा विद्यार्थीलाई ताकी ताकी गोली हानेर हत्या गरेका छन्, उनीहरु आज गुण्डागर्दीको शैलीमा सरकारलाई र आन्दोलनकारीलाई धम्काईरहेका छन्, अनि सुशीला सरकार ती हत्याराहरुको गर्जन सुनेर बस्नुपर्ने ? यो निरीहता नदेखाउनुहोस ।’

उनले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरु र उनीहरुको परिवारजनप्रति संवेदनशील नबनेको आरोप लगाए । उनले भने, ‘म यहीँबाट सुशीला कार्कीलाई र ओमप्रकाश अर्याललाई सोध्न चाहन्छु–जेन–जी आन्दोलन गलत नै थियो त ? अपराध नै थियो त ? जो सुशासन हुनुपर्छ, भ्रष्टाचार रोकिनुपर्छ र सोसल मिडियामाथि लगाईएको बन्देज खोल्नुपर्छ भन्ने माग लिएर सडकमा आए, उनीहरुलाई गोली हानेर हत्या गरिएको छ, अनि ती आन्दोलनकारी महान क्रान्तिकारी र परिवर्तनकारी हुन कि अपराधी ? आज तपाईंहरु त हत्याराको नै पक्षमा उभिनुभयो, उल्टै जेन–जीहरुमाथि धरपकड छ, पक्राउ गरिएको छ, यो रवैया बन्द गर्नुहोस, काम नै गर्न नसक्ने हो भने मुलुकलाई गुमराहमा नराख्नुहोस, बरु मार्गप्रशस्त गर्नुहोस ।’

जेन–जी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको आयोगको म्याद सकिन लाग्दासमेत अहिलेसम्म गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बोलाएर बयानसमेत लिन नसकेको भन्दै आयोगको औचित्यमाथि नै प्रश्न उठाए । उनले भने, ‘यो आयोग के को लागि बनाईएको हो ? मुख्य काम त जेन–जी युवाहरुमाथि गोली हानेर हत्या गर्नेहरुलाई बयान लिने होला नि, अनुसन्धान गर्ने होला, आयोगको समय नै गुज्रिन लागिसक्यो, अहिलेसम्म बयान लिन सकेको छैन, अनि यसरी हुन्छ न्याय ?’ उनले वर्तमान सरकारले आयोगका पदाधिकारीलाई समेत सुरक्षाको वातावरण बनाउन नसकेको भनेर आलोचना गरे ।

प्रधानमन्त्री कार्की पनि एकपछि अर्को गरेर विवादमा मुछिएको र सचिवालयका सदस्यको कारण गन्हाउन थालेको साहको आरोप छ । साहले भने, ‘प्रधानमन्त्रीको सचिवालयमा बसेर स्वकिय सचिवले परिवारवाद लादेको समाचार आउँछ, जसको नियतमाथि प्रश्न उठ्छ, उसलाई प्रधानमन्त्रीले काखी च्याप्नुहुन्छ, जसले प्रश्न उठाउँछ उनीहरु नै जागिरबाट निकालिन्छन् । यस्तो तरिकाले सुशासन कायम हुन्छ त प्रधानमन्त्रीज्यू ? बाहिर बसेर मिडियाबाजी गर्न सजिलो थियो, अहिले आँफै देशको जिम्मा लिँदा के गर्नुभयो ?’

साहले सुशीला सरकारका मन्त्रीहरुपनि विवादमा मुछिन थालेको भन्दै गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर्न चेतावनी दिए । गैरदलीय सरकारमा बसेर दल खोल्ने अनि मेरो दल होईन भनेर उर्जामन्त्री कुलमान घिसिङले सारा नेपालीलाई ढाँटिरहेको साहको आरोप छ । उनले भने, ‘कुलमानजीले दल खोल्ने हो भने यो गैरदलीय सरकारमा बसेर किन राज्यको दोहन गर्नुभएको छ ? झण्डा हल्लाएर राजनीति गर्नको लागि मन्त्री बनाईएको हो र ? यो कम्बल ओढेर घ्यु खाने काम बन्द गर्नुहोस, नेपाली जनतालाई गुमराहमा राख्ने काम नगरौं । राज्यको दोहन गरेर पार्टी खोल्ने कुरा सुहाउँछ त ?’

प्रधानमन्त्री कार्की पनि आफ्नो नैतिकतामा बस्न नसकेको भन्दै निर्दलीय सरकारमा दलको नेता राख्ने ? भन्दै उनले प्रश्न गरे । चुनावमा मात्रै भाग लिने र जसरीपनि सत्तामा पुग्ने मोहले कुलमानले सारा नेपाली जनताको भावना र विश्वासमाथि घात गरिरहेको उनको आरोप छ । उनले कुलमानले प्राधिकरणमा हुँदा गरेको कुकृत्यबाट बच्नको लागि राजनीतिक दलको नाममा दुकान खोलेको भन्दै यदि मैदानमा उत्रिएको हो भने मन्त्रीबाट तत्काल राजीनामा दिन सुझाए ।

सरकारले कानूनी राज्यको समेत धज्जी उडाएको भन्दै आजमात्रै हेटौंडामा सडक विस्तारको नाममा सर्वोच्च अदालतको आदेशविपरित डोजर चलाएको विषयमा आपत्ति जनाए । उनले जनतालाई उठीबास लगाउनेगरि यसरी कुलमानले डोजर आतंक मच्चाएको भन्दै यो मानवअधिकारको पनि उल्लंघनको विषय भएको बताए । कुलमान घिसिङको कुकृत्य टुलुटुलु हेरेर नबस्नसमेत उनले प्रधानमन्त्री कार्कीलाई तत्काल मन्त्रीबाट घिसिङलाई बर्खास्त गर्न सुझाव दिए ।

कुलमानले राजनीतिमा आउनको लागि बालेनसँग फोटो खिचाएर झनै सस्तो राजनीतिको सहारा लिएको भन्दै पूर्वमन्त्री साहले आलोचना गरे । उनले भने,‘राजनीतिक दल खोलेर देशको नेतृत्व लिन्छु भनेर महत्वकांक्षा पाल्ने अनि राजनीतिमा टिक्नको लागि काठमाडौंको मेयरलाई भेटेको तस्विर हालेर चिप–पपुलारिटी बटुल्ने, यो त लाजमर्दो विषय हो नि, आफ्नो एजेण्डामा राजनीति गर्नुहोस, बालेनसँग खिचाएको तस्विर देखाएर भजाउने काम नगर्नुहोस् ।’ साहले बालेनसँग खिचेको तस्विर भजाउने कुलमानले देश र जनताको लागि केही ननाप्ने भन्दै खरो आलोचना गरेका छन् ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!