nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशका महिलामा रक्तअल्पता बढ्दै, ५२.४ प्रतिशत प्रभावित

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ५, २०८२, ८:३५ मध्यान्ह
मधेश प्रदेशका महिलामा रक्तअल्पता बढ्दै, ५२.४ प्रतिशत प्रभावित

जनकपुरधाम/मंसिर ५ गते। मधेश प्रदेशका महिलाहरूमा रक्तअल्पताको समस्या थप गम्भीर बन्दै गएको तथ्यांकले देखाएको छ। जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको आर्थिक वर्ष २०८१/८२ को स्वास्थ्य कार्यक्रमसम्बन्धी प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले प्रस्तुत गरेको तथ्यांक अनुसार मधेशमा ५२.४ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ।

निर्देशक न्यौपानेका अनुसार महिलामा महिनावारी गडबडी, गर्भावस्था र प्रसूति प्रक्रियामा हुने रक्तस्रावका कारण रातो रक्तकोषको कमी भई रक्तअल्पता बढ्ने गरेको छ। गर्भवती महिलामध्ये आर्थिक वर्ष २०७८/७९ मा मात्र ४८ प्रतिशतले १८० दिनको आइरन चक्की पाएको तथ्यांकले देखाउँछ। नियमित रूपमा आइरन चक्की नखाने, खानामा पोषणयुक्त पदार्थको अभाव, गेडागुडी, सागसब्जी, फलफूल, माछा–मासु जस्ता आइरनयुक्त खाना पर्याप्त नखानुजस्ता कारणले महिलामा रक्तअल्पता बढिरहेको उनले बताए।

नेपालका प्रदेशहरूमध्ये कर्णालीमा सबैभन्दा कम २१.२ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ भने लुम्बिनीमा यो दर ४४.४ प्रतिशत रहेको छ। मधेशमा भने लक्ष्यअनुसार रक्तअल्पता कमी गर्न चुनौती रहँदै आएको स्वास्थ्य निर्देशनालयको मूल्यांकन छ। ग्रामीण भेगका महिलामा जनचेतनाको कमी, पोषिलो खाना नपाइने अवस्था, स्वास्थ्य संस्थाले वितरण गरेको आइरन चक्की नियमित नखाइने प्रवृत्ति प्रमुख कारणका रूपमा पहिचान गरिएको छ।

परीक्षण गरिएका पाँच वर्षमुनीका बालबालिका तथा १५–४९ वर्षका गर्भवती महिलामध्ये झण्डै ६० प्रतिशतमा रक्तअल्पताको समस्या देखिएको छ। प्रजनन क्षमताका तर गर्भवती नभएका १५–५० वर्ष उमेरका महिलामा भने यो समस्या तुलनात्मक रूपमा कम देखिएको निर्देशक न्यौपानेले बताए।

गोष्ठीमा प्रस्तुत विवरणअनुसार मधेशमा क्षयरोग, कुष्ठरोग तथा कुपोषणको अवस्थामामा केही वर्षयता सुधार देखिएको भए पनि पोषण अभावका कारण बालबालिकामा कुपोषणको समस्या भने अझै चुनौतीपूर्ण छ।

स्वास्थ्य निर्देशनालयद्वारा आयोजित तीन दिने समीक्षा गोष्ठीको उद्घाटन मुख्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सरोजकुमार यादवले गरेका थिए। उनले स्वास्थ्य र शिक्षामा पछि परेको मधेशमा आमनागरिकको स्वास्थ्य सेवा पहुँच विस्तारमा सरकार तथा स्वास्थ्यकर्मीको भूमिकालाई महत्वपूर्ण बताउँदै स्वास्थ्य प्रणाली सबल बनाउन आग्रह गरे।

गोष्ठीमा स्वास्थ्य मन्त्रालयका सचिव ओमप्रसाद अर्याल, स्वास्थ्य तालिम केन्द्र बाराका निर्देशक डा. राजीवकुमार झा, आठै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख तथा फोकल पर्सनसहितका स्वास्थ्यकर्मीहरूले सहभागिता जनाएका थिए।

Tags: मधेस प्रदेश खबरस्वास्थ्य

Discussion about this post

Related Posts

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!