जनकपुरधाम/मंसिर २ गते। मधेसमा एमालेद्वारा मुख्यमन्त्रीको समर्थनमा धर्ना दिएको छ। नेकपा एमालेले आज जनकपुरको जनकचोक मन्दिर परिसरमा ‘संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिऊँ’ भन्ने नारासहित धर्ना कार्यक्रम आयोजना गरेको छ । एमाले नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्रीको नियुक्तिलाई सही ठहर गर्दै सरकार सञ्चालनमा सहज वातावरण बनाउन माग गरे ।
नेकपा एमाले र सात राजनीतिक दलहरू आ–आफ्नै मागसहित सडकमा उत्रिएसँगै जनकपुरधाम राजनीतिक गतिविधिले तातिएको छ
उता सात राजनीतिक दलहरूले मुख्यमन्त्री सरोज कुमार यादवको बर्खास्तीको माग गर्दै मधेस भवन अगाडि निरन्तर धर्ना जारी राखेका छन् । उनीहरूले प्रदेश सरकार असंवैधानिक ढंगले गठन भएको आरोप लगाउँदै मुख्यमन्त्री परिवर्तन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री नियुक्तिलाई लिएर दुई पक्ष आमनेसामने भएपछि मधेस प्रदेशको राजनीतिक वातावरण अझ तनावग्रस्त बनेको छ ।














Discussion about this post