nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वातावरणीय अधिकार विषयक सार्वजनिक बहस कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ३०, २०८२, १०:३१ बिहान
वातावरणीय अधिकार विषयक सार्वजनिक बहस कार्यक्रम सम्पन्न

धनुषा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, डिसिएको आर्थिक सयोग र कायापलटको समन्वयमा वातावरणीय अधिकार संरक्षण विषय सार्वजनिक बहस कार्यक्रम जनकपुरधाममा कात्तिक २९ गते सम्पन्न भएको छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले वातावरण प्रदुषण गर्ने कार्य मानिसबाटै हुने गरेकाले वातावरणीय संरक्षणमा जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने आजको आवश्यकता रहेको औँल्याउनु भयो ।

वायु प्रदुषण न्युनिकरणका लागि वृक्षा रोपण र स्वच्छ र सुन्दर जनकपुरधामका लागि प्रदुषण व्यवस्थापन आवश्यक रहेकोले यसमा पालिकाले गम्भीरताका साथ लिएर कार्य गरिरहेको बताउनु भयो । कार्यक्रममा उठेका सवालका सन्दर्भमा वातावरण विज्ञहरुसँग सम्वाद र छलफल गरी परिषदको बैठकमा प्रस्तावको रुपमा लगेर सम्बोधन गराउने प्रतिबद्धता उहाँले जनाउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीले सरकारले वातावरणको अधिकार स्यम्ले सुनिश्चित गर्न नसकेको अवस्थामा गैरसरकारी संस्था र वातावरणीय विज्ञको सहयोग लिएर नागरिकको वातावरणीय अधिकारलाई संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो । वातावरणीय अधिकार नागरिकको मानव अधिकार भएको उल्लेख गर्नु हुँदै यो हाम्रो सझा सवालमा सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनु पर्ने उहाँले बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई संविधान तह उल्लेख गरेको हुँदा उक्त हकलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताउनु भयो । मधेस प्रदेशमा चुरे दोहनका कारण प्रत्येक्ष रुपमा वातावरणीय अधिकारलाई प्रभाव पारिरहेको हुँदा यसतर्फ सरकारले गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको उल्लेख गर्नु हुँदै छुट्टै ऐन र कानून बनाएर भएपनि नागरिकको वातावरणीय अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयो ।

वातावरण विज्ञ अजित श्रीवास्तवले वातावरणीय प्रदुषण जनकपुरधाममा बढी रहेको उल्लेख गर्दै वृक्षा रोपण र सरफाइ जनकपुरधामले प्राथमिकतामा राखेर गर्नु पर्नेमा जोड दिनु भयो । अध्ययन अनुसन्धान गरेर फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सकिए राम्रो र सुन्दर पालिका हुने उल्लेख गर्नु हुँदै जरिवानाको व्यवस्था नगरेसम्म जनकपुरधाममा फोहर व्यवस्थापन हुन नसक्ने उहाँको भनाई थियो ।

 

वन तथा वातावरण मन्त्रालयका वातावरण तथा जलवायु अनुकुल शाखा प्रमुख राम युगल साहले वातावरणीय क्षेत्रमा मन्त्रालयले अध्ययन र अनुसन्धानको कार्यलाई अगाडि बढाइरहेको उल्लेख गर्नु हुँदै आफू मन्त्रालयमा रहँदासम्म अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मीसँग समन्वय गरेर वातावरणको क्षेत्रमा योगदान दिने प्रतिबद्धता जनाउनु भयो । होटल, अस्पताल तथा उद्योग कलकारखानाबाट निकालिने विकार तथा प्रदुषण पदार्थ तथा वस्तुहरुलाई व्यवस्थित गराउने कार्यमा मन्त्रालयबाट प्रत्राचारको कार्य भइरहेको उहाँले बताउनु भयो ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका महिला अधिकृत दिपिका कर्णले पानी, दाउरा र घाँस ल्याउने लगायतका प्राकृति श्रोतहरुमा महिला बढी नजिक रहेर कार्य गरिरहेको हुँदा प्रत्येक्ष रुपमा महिला वातावरणीय प्रभावमा पर्ने गरेको बताउनु भयो । वातावरणसँग सम्बन्धित सरकारको नीति तथा कार्यक्रमहरु पनि महिला मैत्री हुनु पर्ने र सोका लागि मन्त्रालय लागि रहेको उहाँले उल्लेख गर्नु भयो।

अर्थ किलिन ग्रिनका संस्थापक दिपु ठाकुरले सरसफाई तथा फोहोर व्यवस्थापन ऐन र कार्यविधि समेत जनकपुरधाम उपमहानगरपालिकाले पारित गरिसकेको तर, कार्यान्वयन हुन नसकेको गुनासो गर्नु भयो । पालिकाले एक ठाउँबाट फोहोर उठाएर अर्को ठाउँमा फोहोर फालेकोले ती फोहोर प्रशोधन र डम्पिंग साइडहरुको व्यवस्थापन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

दलित महिला संघ धनुषाका परियोजना संयोजक सिजेन्द्र सदा, पिपुल प्रोमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डल, जवास नेपालकी मन्दाकुमारी कर्ण, ग्रिन स्पेश नेपालका अध्यक्ष धरिज साह, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. ८ की वडा सदस्य मुनी दास र वडा १० की वडा सदस्य नितु मलिक लगायतले फोहोर व्यवस्थापन, साउण्ड पोलुशन, वायु प्रदुषण र चुरे संरक्षणमा प्रदेश र स्थानीय सरकार गम्भीर भएर लाग्न सुझाव दिनु भएको थियो । कार्यक्रमको संचालन कायापलटका संस्थापक अध्यक्ष दिवाकर उप्रेतिले गर्नु भएको थियो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!