जेठ १४ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल–भारत सीमावर्ती बजारहरूमा भइरहेका अवैध तस्करीका कारण नेपाली व्यापारीहरू समस्यामा परेको बताउनुभएको छ।
जयनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम बलोरियाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री सिंहले सीमा क्षेत्रको व्यापारिक वातावरणलाई दुवै पक्षका व्यापारीहरू सन्तुष्ट हुने गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले व्लेकिया क्षेत्र हुँदै भइरहने तस्करी प्रमुख समस्या रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न भारतीय व्यापारी वर्गको सहयोग आवश्यक भएको बताउनुभयो।
भेटमा भारतीय प्रतिनिधिमण्डलका नेता बलोरियाले भारतबाट दैनिक उपभोग्य वस्तुहरू तथा सांस्कृतिक प्रयोजनका सामग्री ल्याउँदा नेपाली सुरक्षा निकायबाट हुने असहजता कम गर्न पहल गर्न आग्रह गर्नुभयो।
नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय अध्यक्ष निर्मल चौधरीका अनुसार, भेटघाटमा दुवै देशबीच पर्यटन प्रवर्द्धन र व्यापारिक सहकार्य विस्तारका विषयमा समेत छलफल भएको थियो।














Discussion about this post