जनकपुरधाम/जेठ ९ गते । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले प्रदेशको सबै ८ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै शून्य सहनीलताको नीति अपनाएर काम गर्न निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामको हालै कमाण्ड सम्हालेका डीआईजी चर्तुवेदीले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयहरूको निरीक्षण सम्पन्न गरेका हुन् ।
गत वैशाख २४ मा कमाण्ड सम्हालेका डीआईजी चर्तुवेदीले वैशाख २८ देखि जेठ ४ गतेसम्म धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा समेत जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए ।
निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले अपराध नियन्त्रण, चोरी तस्करी, सिमा अपराध, फरार अभियुक्तको पक्राउ, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या रोकथाम र पुराना मुद्दा फर्स्यौटमा जोड दिन आदेश दिएका थिए ।




















Discussion about this post