nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश अधिवेशन सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ३०, २०८१, ८:४७ मध्यान्ह
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश अधिवेशन सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न

चैत ३० गते। “दलित पत्रकारको सशक्तिकरण र समानताको सुनिश्चितता” भन्ने मूल नारासहित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश अधिवेशन शनिबार जनकपुरधाममा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए।

जनकपुरधामस्थित मसाला कटेनमा सम्पन्न उक्त कार्यक्रम संघका प्रदेश अध्यक्ष कैलाश दासको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संघका केन्द्रीय र प्रदेश पदाधिकारीहरू, विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, अधिकारकर्मीहरू तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सभामुख मण्डलले समाजमा गहिरो रूपमा गढिएको जातीय विभेद विरुद्ध लड्न दलित पत्रकारहरूको अग्रसरता अपरिहार्य रहेको उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेका समानता र न्यायलाई व्यवहारमा उतार्न सञ्चार क्षेत्र प्रभावकारी माध्यम बन्ने धारणा राखे। उनले भने, “समतामूलक समाज निर्माणमा सञ्चारकर्मीहरूको भूमिका निर्णायक हुन्छ।”

दलित पत्रकारहरुकाे क्षमता अभिबृद्धिको लागि बिदेह नगरपालिका का मेयर बेचन दासलले आफु पनी दलित समुदाय बाटनै नगर प्रमुख रहेकोले दलित पत्रकार संघ प्रदेश समितिलाई रु एक लाख राशि सहयाेग गर्ने घाेषणा गर्नु भयाे।स्वगत मन्तव्यकै क्रममा मठियाने नगर पालिकाकाे मेयर हरि मण्डलले दलित पत्रकार संघले दलित समुदायहरु सङ्ग राज्य र समाजमा भैरहेको बिभेदको बिरुद्ध सश्क्त रूपमा आवाज उठाउनु पर्नेमा जाेड दिनु भयाे।

दलित अधिकारको क्षेत्रमा कार्यरत रहनु भएको अधिकार कर्मि तथा समाजसेवी हरुलाइ मायाको चिनो बाट प्रमुख अथिती सभामुख रामचन्द्र मण्डलले सम्मानित गर्नु भएको थियाे।

अधिवेशनमा सहभागी वक्ताहरूले दलित पत्रकारहरूको योगदान, उनीहरूले भोगिरहेका समस्या, र समाधानका उपायहरूबारे धारणा राखे। सञ्चार क्षेत्रमा समावेशिता र समान अवसर सुनिश्चित गर्न नीतिगत तहमा ठोस पहल गर्नुपर्नेमा उनीहरूले जोड दिए।

अधिवेशनमा संघको भावी कार्ययोजना समेत सार्वजनिक गरिएको थियो। आगामी दिनमा जिल्लास्तरीय संरचना विस्तार, पत्रकारहरूको क्षमता अभिवृद्धि, साझेदारी सञ्जाल निर्माण, र सञ्चार क्षेत्रमा दलित युवाहरूको सहभागिता बढाउने जस्ता विषयहरूलाई प्राथमिकतामा राखिने बताइएको छ।

समापन सत्रमा अध्यक्ष कैलाश दासले अधिवेशनको समग्र मूल्याङ्कन गर्दै यसले दलित पत्रकारहरूको सामाजिक र व्यावसायिक पहिचान सुदृढ गर्ने दिशामा ठोस मार्गनिर्देशन दिएको उल्लेख गरे। “अधिवेशनले केवल संगठनात्मक औपचारिकता नभई, न्यायपूर्ण समाज निर्माणका लागि सञ्चारकर्मीहरूको उत्तरदायित्व थप प्रस्ट पारेको छ,” उनले बताए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!