जनकपुरधाम/चैत १७ गते। हुलाक सेवा निर्देशनालयको आयोजनामा तथा धुर्वराज आचार्यको अध्यक्षतामा इएमएस सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मण्डलले हुलाक सेवाको विस्तारको आवश्यकतामा जोड दिँदै यसले ग्रामीण क्षेत्रसम्म सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामतले हुलाक सेवामा नयाँ प्रविधिको समावेशीकरण आवश्यक रहेको औंल्याउँदै आधुनिक प्रविधिसँग जोडेर यसको प्रभावकारिता बढाउनुपर्ने सुझाव दिए।
यो अन्तरक्रिया कार्यक्रमले हुलाक सेवा प्रणालीको भविष्य तथा विस्तारका लागि नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।

















Discussion about this post