गिरिजानन्द साह/जनकपुरधाम/फागुन २७ गते। जनकपुर हार्डवेयर व्यवसायी संघको होली मिलन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। मंगलवार अन्नपूर्णा होटलमा संघका अध्यक्ष शशि कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए। होली मिलन समारोहमा सहभागीहरुले एकआपसमा अबिर दलेर आत्मीयता साटासाट गरेका थिए। रंग र उमंगको पर्वका रूपमा मनाइने होलीको अवसरमा विभिन्न संघ-संस्थाका विशिष्ट व्यक्तिहरुले रंग लगाएर उल्लासपूर्वक होली मनाए।
कार्यक्रमको सञ्चालन जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ललित साहले गरेका थिए भने संयोजन ओम प्रकाश साह र सन्तोष गामीले गरेका थिए। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका मधेश प्रदेश उपाध्यक्ष जितेन्द्र महासेठ, तीली कल्याण समाज नेपालका सचिव अम्भु प्रसाद साह, सञ्चारकर्मीहरू, जनकपुर हार्डवेयर व्यवसायी संघका सम्पूर्ण पदाधिकारीहरु तथा विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले व्यवसायीहरूमाझ आपसी सौहार्दता बढाउने अवसर प्रदान गरेको तथा सामाजिक सद्भाव मजबुत बनाउने काम गरेको सहभागीहरूले व्यक्त गरेका छन्।





















Discussion about this post