nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहट मधानी महोत्सवमा रविकिशनसँगै महाकुम्भकी भाइरल मोनालिसा आउने

गिरिजानन्द साह गिरिजानन्द साह
माघ २२, २०८१, १०:५० मध्यान्ह
रौतहट मधानी महोत्सवमा रविकिशनसँगै महाकुम्भकी भाइरल मोनालिसा आउने

२२ माघ। रौतहटको मौलापुर नगरपालिकामा छैठौ पटक आगामी फागुन महिनामा अती भव्यताका साथ मधानी महोत्सव आयोजना भईरहेको छ। महोत्सवमा भारतीय सिने जगत बलिउडका सुपरस्टार अभिनेता रविकिशन, मोनालिसा देखी नेपाली दर्जनौँ कलाकारहरुको घुँईचो लाग्ने भएको छ।

पर्यटन प्रवर्द्धन गर्ने तथा पुरातात्विक महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा पुर्याउने उद्देश्यले मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ११ गतेदेखि  १५ गतेसम्म पुरातात्त्विक महादेव मन्दिर परिसरमा हुन लागेको हो । मंगलवार पत्रकार भेटघाट कार्यक्रममा यस पटक मधानी महायज्ञ बिशेष समारोहको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंह रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्त्व झल्किने किसिमले आयोजना हुन लागेको  महायज्ञ फागुन ११ गते शुभारम्भ भई फागुन १५ गते समापन हुने बताइएको छ। फागुन ११ गते शिव पार्वती पूजन, महाहवन तथा मधानी महोत्सव समुदघाटन, राती स्थानिय नाच,१२ गते शिव बारात यात्रा , राती स्थानिय नाच,१३ गते मधानी बिशेष समारोह,१४ गते मधानी बिशेष सांस्कृतिक समारोह हुने प्रमुख प्रशासकीय अधिकृत साहले बताएका छन्।

त्यसैगरी फागुन १५ गते अन्तर्राष्ट्रिय पहलावानहरुको सहभागितामा दंगल कुस्ती, सगै फागुन ११ गतेदेखि नै बिभिन्न खेल तमासाको ब्यवस्था गरिएको आयोजकले जनाएको छ। फागुन १४ गतेहुने मधानी बिशेष साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा संघीय संसद तथा पूर्व मन्त्री प्रभु साह रहने छन्। त्यस्तै बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी हुने छन् । सोही दिन बलिउड र भोजपुरी सुपरस्टार अभिनेता तथा सांसद रबीकिशन, सुप्रशिद गीतकार एवं पूर्व मन्त्री बिनय बिहारी, भोजपुरी गायक तथा अभिनेता रित्तेश पाण्डे, भोजपुरी कलाकार मिन्टुवा, महाकुम्भकी भाईरल मोनालिसा, नेपाली कलाकारहरु सुनिल पण्डित, गायिका अन्नु चौधरी, सद्दाम हुसेन, रचना शिवाकोटी, गायक रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रौशनीराज, सरिता साह, अर्जुन बिसी , मनिषा राई, लगायत दर्जनौ कलाकारहरुले आआफ्नो प्रस्तुती दिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।

पत्रकार सम्मेलनमा मौलापुर  नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पुर्याउन आफू निरन्तर प्रयत्नरत रहेको बताउँदै सरकारले त्यस तर्फ ध्यान नदिएको गुनासो गरिन। पूर्व मन्त्री तथा संघीय सांसद प्रभु साहको सल्लाह अनुसार मौलापुर नगरपालिकाले २०७६ साल देखी प्रत्येक बर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ। पहिलो महोत्सव २०७६ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको तथा पशुपती मन्दिरका मूल भट्ट द्वारा विधिवत रूपमा पूजा आराधना गरी मधानीको शुभारम्भ गरिएको थियो।

महा शिवरात्रीको अवसर पारेर मौलापुर पुरातात्विक महादेव मन्दिरमा प्रत्येक बर्ष मधानी महायज्ञ भव्य रूपमा सम्पन्न हुँदै आएको छ। छोटो समयमै नेपाल र भारत लगायतका स्थानमा प्रशिद्ध भएको धार्मिक तथा सांस्कृतिक पर्यटनको ठूलो गन्तब्य बनेको पुरातात्विक मन्दिरको प्राङ्गणमा छैटौँ पटकको मधानी महोत्सव २०८१ आयोजना गर्न मौलापुर नगरपालिकाको नगरसभाले ८७ लाख रुपैयाँ विनियोजन गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।

यो मन्दिर नेपाल सरकारको १००वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेश भइसकेको छ। हजारौँ वर्ष पुरानो प्राचीन इतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता वक्ताहरुले बताएका थिए। पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा मेयर रिना कुमारी साह, उपमेयर नागेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह , आम विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष बिवेक कुमार साह, युवा नेता विजय यादव लगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो।

मधानी महायज्ञमा नेपाल र भारतका लाखौं सर्वसधारणको सहभागिता हुने र त्यसका लागि आवश्यक शान्ति सुरक्षा लगायतको ब्यवस्था गरिएको छ। मन्दिर रहेको स्थानमा बर्षौ पहिला शिवको मुर्ति फेला परेको थियो । त्यसपछि पुरातत्व विभागले उत्खनन गरेको थियो ।

उत्खनन गर्दै गर्दा त्यहाँ ऐतिहासिक रुपमा महत्वपुर्ण मन्दिर लगायतका बस्तुको फेला परेको थियो । त्यसपछि लगाातार उत्खनन हुदै गएपछि गुप्तकालिन बस्तुहरु फेला परेकाले पालिका त्यसको संरक्षण गर्न तर्फ लागेको छ । हजारौं बर्ष पुराना मन्दिर सहित बिभिन्न बस्तु फेला परेपछि त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने माग उठदै आएको छ ।

Discussion about this post

Related Posts

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

भीमफेदी सडक दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

जनकपुरधाम वडा न.–७ द्वारा छठ पूजा सामग्री वितरण

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि