गिरिजानन्द साह/माघ २१ गते। जनकपुरधाम स्थित स्वस्तिक इंग्लिस बोर्डिङ स्कूलले सोमबार सरस्वती पूजा तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाएका छन ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आकर्षक नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। नेपाली कला, संस्कृति र परम्परालाई उजागर गर्ने यी प्रस्तुतिहरूले दर्शकहरूलाई मनोरञ्जन मात्र नभई प्रेरणा पनि प्रदान गरेका थिए। साथै आजको दिन स-साना बालबालिकाको लागि अक्षर आरम्भ गर्ने दिन रहेकोले स्वस्तिक इंग्लिस बोर्डिङ स्कूलमा स- साना नयाँ विद्यार्थी भर्ना गरेका छ्न । सरस्वती पूजाको अवसरमा नयाँ भर्ना हुने विद्यार्थीहरुलाई कपी र पेन्सील सहितको झोला स्कुलले उपहार स्वरुप दिएका छ्न ।

कार्यक्रममा सरस्वती माविका निवर्तमान संस्थापक अध्यक्ष के.डी. महतो, शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक, नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रममा सहभागीहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि हुने, उनीहरूको प्रतिभा प्रस्फुटन हुने तथा संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
विद्यालय प्रांगणमा आयोजित यो कार्यक्रम अनुशासित र प्रभावशाली भएको सहभागीहरूको भनाइ छ। विद्यालयका प्रिन्सिपलले यस्तो कार्यक्रमले विद्यार्थीहरूको सर्वांगीण विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।




















Discussion about this post