nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १८, २०८१, ९:४५ मध्यान्ह
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू

महोत्तरी/माघ १८ गते। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रलगायत कामकाज टोकन प्रणालीमार्फत सुरु भएपछि सेवा प्रवाह सहज भएको हो ।

पहिलापहिला जिल्ला प्रशासन कार्यालयमा आउँदा विभिन्न फाँटको ढोका र झ्यालमा घण्टौँ लाइन लाग्नुपर्ने, हल्ला र विभिन्न विवादले पालो आउनै गाह्रो हुने गरेकामा टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहश सहज रूपमा भइरहेको जलेश्वर नगरपालिका –१ बस्ने राजकिशोर रामले बताए । छोरीको नागरिकता बनाउन आएका उनले आफ्नो पालोका लागि टोकन लिएर आरामले कुर्न पाइने हुँदा सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज भएको बताए । लामो लाइन, हो हल्ला र सेवाग्राहीको घुइँचोका कारण तीन दिन काम गराउन नसकेर घर फर्किएका लोहारपट्टी नगरपालिका–३ का साबिर राईनले आज बिना कुनै झण्झट नागरिकता बनाउन टोकन लिएर पालो कुरेको भन्दै सहज रूपमा काम भएको बताए ।

राजकिशोर र साबिर जस्तै आज सयौँ सेवाग्राहीले आ–आफ्नो कामका लागि टोकन लिएर पालैपालो काम गर्न पाएपछि सहज भएको प्रतिक्रिया दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा बर्दिबास नगरपालिकाको सहयोगमा गत गत मङ्गलबार टोकन उपकरण जडान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सोही दिन ‘टोकन उपकरण’को संयुक्त रूपमा उद्घाटन गरेपछि आज टोकन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको हो ।

दिनानुदिन बढ्दै गएको सेवाग्राहीको घुइँचोले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण भन्दा बाहिर गएर हो–हल्ला हुने र कहिलेकाहीँ बिचौलियासमेतले सेवाग्राहीलाई ठगी गर्ने घटना बढ्दै गएपछि टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए । योसँगै जिल्ला प्रशासन कार्यालयमा जिल्लाभरिका सेवाग्राही आउँदा भीडभाड हुने, बिचौलिया हाबी हुने र एउटै कामका लागि दुई–चार दिन कुर्नुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ ।

बर्दिबास नगरपालिकाका प्रमुख क्षेत्रीले टोकन प्रणालीमार्फत सेवा सुरु भएपछि जस्तोसुकै भीडभाडमा पनि सेवाग्राहीले पालैपालो सेवा पाउने, अनावश्यक रूपमा लाइनमा बस्नु नपर्ने र कर्मचारीले पनि सहज रूपमा सेवा दिन सक्ने बताए । जिल्ला प्रशासन कार्यालयबाट दैनिक औसतमा ७५ नागरिकता, ५० राहदानी र दुई सय राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा दिने सेवाग्राही आउने गरेका कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानले जानकारी दिए । -रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि