गिरिजानन्द साह/जनकपुरधाम/माघ १६ गते। शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधाम–४ द्वारा शहीद सम्राट दुर्गानन्द झाको शहादत दिवसको अवसरमा आयोजित ‘लोकतन्त्रमा दुर्गानन्द झाको योगदान’ विषयक विचार गोष्ठी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वक्ताहरूले शहीद झाले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेको त्यागले मुलुकलाई नयाँ दिशा दिएको उल्लेख गर्दै लोकतन्त्रलाई सुदृढ गर्न उनका विचारहरूलाई अनुसरण गर्नुपर्ने आवश्यकता रहेको बताए। कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले कार्यपत्र प्रस्तुत गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह ले शहीद झाको स्मरण गर्दै उनको योगदानको कदरमा आगामी पुस्ताले इतिहास बिर्सिन नहुने कुरा जोड दिए। वक्ताहरूले समाजमा राजनीतिक चेतना फैलाउने र लोकतन्त्रको रक्षा गर्न युवाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रेरणा दिनुपर्ने कुरामा पनि जोड दिए।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह,पुर्व मेयर बजरङ्ग साह,आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव,विभिन्न बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, विद्यार्थी, पत्रकार,समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गोष्ठीमा सहभागी वक्ताहरूले शहीद दुर्गानन्द झाको अदम्य साहस, बलिदान र लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको चर्चा गरेका थिए।
गोष्ठीको समापन गर्दै शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रको अध्यक्षले शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्रका प्रतिनिधिले शहीदका विचार र योगदानलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने जानकारी दिए।

















Discussion about this post