गिरिजानन्द साह/जनकपुरधाम/माघ १३ गते। जनकपुर जेसीजको ४९ औ पदस्थापन र पुरस्कार समारोह गएराति भव्यताको साथ सम्पन्न भएको छ ।

जनकपुरधाम ४ स्थित जनकपुर जेसीजको सचिवालयको हलमा जनकपुर जेसीज वर्ष २०२४ का यातोस सहको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मननीय जुली महतोको प्रमुख आतिथ्यतामा पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा वर्ष २०२४ को जेसी यातोश साह नेतृत्वको कार्य समितिले जनकपुर जेसीजको अध्यक्ष जेसी मुकेश कुमार साहको नेतृत्वमा गठीत वर्ष २०२५ को कार्य समितिलाई नेतृत्व हस्तान्तरण गरेको छ ।

जनकपुर जेसीज वर्ष २०२५ को कार्य समितिमा अध्यक्ष जेसी मुकेश कुमार सह सहित कार्यकारिणी उपाध्यक्षमा जेसी ओमप्रकाश साह र जेसी मनोहर ठाकुर,कानूनी सल्लाहकारमा जेसी .जेसी प्रशान्त झा, महासचिवमा जेसी दिपक यादव, कोषाध्यक्षमा जेसी भवेश झा,जेसी राजेश ठाकुर,जेसी राम सोगारथ साह र जेसी सुबोध कुमार ठाकुर रहेका जनकपुर जेसीजका निवर्तमान अध्यक्ष यातोस साहले जानकारी दिए ।

कार्यक्रममा पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै एकता र सामूहिक प्रयासमा जोड दिन आग्रह गरिन्। प्रदेशसभा सदस्य तथा पूर्व सदस्य दिपेन्द्र ठाकुर र परमेश्वर साहले जेसिजका युवाहरुले जनकपुरधामको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले जेसिजका युवाहरुलाई समाजमा पृथक र उदाहरणीय सेवा प्रदान गर्न आग्रह गरे। उनले जेसिजका सदस्यहरुले आफ्नो योगदानले समाजमा सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिए।जनकपुर जेसीजले आगामी दिनमा सामुदायिक विकास, युवा सशक्तिकरण, र सामाजिक सेवामा केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने अपेक्षा गरिएको छ।


सो अवसरमा वक्तित्वकला प्रतियोगिताका विजेताहरु,बेस्ट जेसीज अवार्ड जेसी रंजित पजियार,बेस्ट प्रोजेक्ट डाईरेक्टर अवार्ड जेसी मनोहर ठाकुर ,बेस्ट पार्टीसिपेन्ट अवार्ड जेसी निरज साहलाई र जेसिजका आजिवन सदस्यता प्राप्त गर्नेहरुलाई सम्मान र प्रमाण पत्र वितरण गरिएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। विभिन्न वर्षका अध्यक्षहरु सहित जेसिजको अगुवाहरुको उपस्थिती रहेको सो अवसरमा जेसिजको विधी अनुसार विभिन्न पक्रिया सम्पन्न गरिएको थियो । नवनिर्वाचित अध्यक्ष जेसी मुकेश कुमार साहले आफ्नो टीममा विभिन्न पदमा एपोईन्ट गरी टीम पुरा गरेको छ। नवनिर्वाचित मुकेश नेतृत्वको टिम २०२५ ले यसै वर्षमा नेपाल जेसिजको महाधिवेशन आयोजनाको जिम्मा पनि पाएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मननीय जुली महतो,अतिथिहरु मधेश प्रदेश सभा सदस्य मननीय दिपेन्द्र ठाकुर,पुर्व मधेश प्रदेश सभा सदस्य परमेश्वर साह,जेसिजका पुर्व अध्यक्षहरु,विभिन पार्टीका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार र जेसिजका सदस्यहरुको उपस्थिति रहेको थियो।








































Discussion about this post