nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मलेसिया रोजगारी फेरि खुल्यो, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २५, २०८१, ३:३२ मध्यान्ह
मलेसिया रोजगारी फेरि खुल्यो, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण

मंसिर २५ गते। केही समययता बन्द रहेको मलेसियाको रोजगारी फेरि खुला भएको छ । गत ३१ मे २०२४ (२०८१ जेठ १८ गते) देखि लागेको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुला भएको हो ।

मलेसियाको श्रम नीतिअनुसार देशभित्र १५ प्रतिशत मात्रै विदेशी श्रमिक रहने व्यवस्था छ । उक्त सङ्ख्या पुरा भएसँगै मलेसियाले श्रमिक लिन बन्द गर्ने निर्णय गरेको थियो ।

मलेसियास्थित नेपाली राजदूतावासले प्लान्टेसन लगायतका अन्य क्षेत्रका माग पत्र प्रमाणीकरण गरेको छ । गत शुक्रवार सोमबार गरेर फेल्डा प्लान्टेसन लगायत विभिन्न प्लान्टेसन र अन्य कम्पनीका एक हजार ७८० माग पत्र प्रमाणीकरण भएको हो । दूतावासले माग पत्र प्रमाणीकरण गरेसँगै मलेसियामा ६ महिनादेखि राखिएको आप्रवासी कामदार पठाउने बाटो खुलेको छ । तर, अहिले आंशिक रूपमा मात्रै खोलिएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले हाल आंशिक रूपमा मात्रै खुला गरिएको बताए । विशेष कोटामार्फत डिमान्ड गरिएको उनको भनाइ छ ।

नेपाल र मलेसियाबिच सन् २०१८ अक्टोबर २९ तारिखमा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । त्यसपछि मलेसियाले पटक पटक आप्रवासी कामदार लैजान रोक लगाउँदै आएको छ ।

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा माग पत्र पेस गर्न सक्ने राजदूतावासले जनाएको छ । मलेसियाको माग पत्र नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेबसाइटमा सो माग पत्र अपलोड गरेपछि कामदार लैजाने प्रक्रिया सुरु हुनेछ । हाललाई सीमित क्षेत्रमा मात्रै कामदारको माग भएको मलेसियाको लागि नेपाली कार्यवाहक राजदूत मुदिता बज्राचार्यले बताइन् । उनले दूतावासमा आएका मागपत्रहरु अनुगमन गरेर अनलाइन गरिएको बताइन् ।

मलेसिया जाने कामदारमाथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते मलेसिया श्रम स्वीकृतिमा रोक लगाएको थियो । पछि दुई सरकारबिच सहमति भएको थियो ।

मलेसियामा रोजगारी खुलेसँगै स्वास्थ्य परीक्षणमा गरिएको सिन्डिकेट समेत तोडिएको छ । नेपाल सरकारबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारहरूको मेडिकल गर्न पाउने दूतावासले जनाएको छ ।

संघका अध्यक्ष भण्डारीले मलेसियाको उक्त सिन्डिकेट तोड्ने कदम स्वागतयोग्य भएको बताए । यसले कामदारको लागत घट्ने र कुनै पनि खालको सिन्डिकेट संघलाई मान्य नहुने बताए ।

मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै आएको बेस्टिनेट एसडिएन बिएचडी र नेपाल स्वास्थ्य व्यवसायी महासङ्घबिचको सम्झौता गत मेमा सकिएको थियो । त्यसपछि उक्त सम्झौता नवीकरण नगरिएपछि सिन्डिकेटको अन्त्य भएको हो । हाल मलेसियामा झन्डै ४ लाख नेपाली श्रमिक कार्यरत छन् ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि