nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एकढिक्का भए इन्जिनियरहरूले समानान्तर सत्ता चलाउँछ ः जनमत अध्यक्ष सिके राउत

एनईए चुनावमा इजु, पिन र रिन गठबन्धन

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०८१, ८:२७ मध्यान्ह
एकढिक्का भए इन्जिनियरहरूले समानान्तर सत्ता चलाउँछ ः जनमत अध्यक्ष सिके राउत

जनकपुरधाम/भदौ २४ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सहभागिता, नेतृत्व र अधिकारका कुरा मधेशीले गर्दा इन्जिनियर तथा डाक्टरमा मधेशीको सँख्या बढी भएको भन्दै सचिवलगायत कर्मचारी किन बनाउनुपर्यो भन्ने प्रश्न गर्ने राज्यसत्तालाई नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को चुनावमा इन्जिनियर्स जनमत युनियन (इजु) सहितको गठबन्धन जिताएर जबाफ दिनुपर्ने बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति र मधेश प्रदेशको तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि इन्जिनियर्स जनमत युनियन, रिन तथा पिन गठबन्धनद्वारा सोमबार साँझ जनकपुरधाममा आयोजित उम्मेदवार परिचय तथा अन्तक्र्रिया कार्यक्रममा जनमत अध्यक्ष डा.राउतले सो कुरा बताएका हुन् । उनले डाक्टर र इन्जिनियरहरूमा मधेशी बढी भएकाले अर्थोक बन्न नहुने भाष्य बनाइएका बेला एनईएमा इजु, पिन र रिन गठबन्धनको जितलाई आत्मसम्मानको विषयका रूपमा लिनुपर्ने उल्लेख गरे । डा.राउतले एनईएमा प्रतिनिधित्वको कुरा मधेशी इन्जिनियरका लागि चुनौती रहेको पनि प्रस्ट्याए ।

डाँडाकाँडामा ट्वाइलेट, ब्लक बनाउने इन्जिनियर मतदानका बेला चासो नलिँदा र निर्वाचनका लागि नउत्रिँदा अधिकार माग्नु नै व्यर्थ भएको भन्दै उनले एनईएमा हिस्सा लिन जुनसुकै ठाउँमा भए र काम गरे पनि इजु, पिन र रिन गठबन्धनलाई मत दिन आह्वान गरे । जनमत इन्जिनियर्सको पार्टी र इन्जिनियर्सलाई बढाउने भएको थप्दै अध्यक्ष डा.राउतले देश बनाउने दुरदृष्टि इन्जिनियरसँगै भएकाले देशमाथि इन्जिनियरको कब्जाका लागि पनि इजु, पिन र रिन गठबन्धनका पक्षमा मतदान गर्नुपर्ने औंल्याए । उनले कमजोर रहेको एनईएलाई इन्जिनियर्सका हकहित र अधिकार स्थापित गराउने शक्तिशाली संस्था बनाउनुपर्नेमा जोड दिँदै मजदुरभन्दा पनि कम दसबाह्र हजार रुपैयाँमा काम गर्नुपर्ने इन्जिनियरलाई सबल र सशक्त बनाउने ऐन, कानुन रर अन्य व्यवस्थाका लागि मूलधारका पार्टीले काम नगरेको तर इन्जिनियरलाई भोट बैंकका रूपमा प्रयोग गरेको बताए । ‘जनमत पार्टी इन्जििनियरको पार्टी हो । जसरी डाक्टरको पीडा डाक्टरले बुझ्छ, त्यसरी इन्जिनियरको पीडा इन्जिनियरले बुझ्छ,’ डा.राउतले भने, ‘इन्जिनियर्सका समस्या समाधान र तिनको भिजन जनमतले लागु गर्नेछ ।’

अध्यक्ष राउतले कानुन, न्याय आदि सेवाका सचिवकै हाराहारीमा इन्जिनियरिङ्ग सेवाबाट समेत सचिव बन्नुपर्ने, इन्जिनियरहरूका लागि प्रशिक्षण केन्द्र स्थापना र हरेक वडा तहमा इन्जिनियरको नियुक्ति आदि विषयका लागि जनमत पार्टी लड्ने बताए । ‘सडक, ढल, विद्यालय, सामुदायिक भवन, नक्साङ्कन लगायत धेरै काम वडामा नै छन् । हरेक वडामा एउटा इन्जिनियरको नियुक्ति आवश्यक छ,’ डा.राउतले भने, ‘इन्जिनियर नहुँदा बनाइएका संरचनाका कारण बाढी आउँदा घरभित्रमै पानी पस्छ ।’ अध्यक्ष डा.राउतले मन्त्रालयका बजेट बनाउने, बजेट इन्ट्री गर्ने र लगत इस्टिमेट गर्ने काम इन्जिनियरले नै गर्ने हुँदा इन्जिनियरहरू एकढिक्का हुँदा देशमा समानान्तर सरकार चलाउन सक्ने बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री रहेका जनमत पार्टीका नेता सतिशकुमार सिँहले देशका दक्ष जनशक्ति विदेशमा अवसर खोजिरहेका बेला जनमत पार्टीका अध्यक्ष डा.सिके राउत देश बनाउने सङ्कल्प, साहस र दृढताका साथ अमेरिकाको प्रतिष्ठित संस्थामा वैज्ञानिकको भूमिका त्यागेर स्वदेश फर्कनुभएको दृष्टान्त उदाहरणीय भएको बताए । उनले डा.राउतको देश र जनताप्रतिको निष्ठा अनुकरणीय भएको भन्दै उहाँको विकास तथा समृद्धि प्रयासमा इन्जिनियरहरू जुट्नुपर्ने औंल्याए । इन्जिनियरिङ्गलाई गुणस्तरीय, मर्यादित एवम् सम्मानित पेसामा परिणत गर्ने र इन्जिनियरको पेसागत हकहितको सुनिश्चितताका लागि जनमत पार्टी सुरुदेखि नै लड्दै आएको मुख्यमन्त्री सिँहको कथन थियो ।

एनईएको चुनावमा इजु, पिन र रिन गठबन्धन जित निश्चित रहेको विश्लेषणसमेत उनले सुनाए । एनईएको आगामी २८ गते हुने निर्वाचनमा मधेश प्रदेशमा जनकपुरधाम र वीरगञ्जमा मतदान केन्द्र राखिएका छन् । जनकपुरधाममा एक हजार एक सय १२ र वीरगञ्जमा तीन सय ६६ मतदाता छन् । इजु, पिन र रिन गठबन्धन इन्जिनियर रामेश्वरप्रसाद कलवारको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समितिको चुनावमा होमिएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!