गिरिजानन्द साह/श्रावण ३१ गते। जनकपुर जेसिजले आजबाट जेसीज सप्ताह सुरु गरेको छ । जेसिस सप्ताह शुभारम्भ कार्यक्रम जनकपुर जेसिसका अध्यक्ष जेसी यातोस साहको अध्यक्षता तथा बालमन्दिर नि. मा. वि.का प्रधानाध्यापक श्याम साहको प्रमुख आतिथ्यमा कार्यक्रम शुभारम्भ गरिएको छ ।
जेसिस सप्ताहको समुदघाटन कार्यक्रमका प्रमुख अतिथि बालमन्दिरका प्रधानाध्यापक श्याम साहले गर्नु भएको छ। कार्यक्रममा जेसि कोमल मण्डलले स्वागत मन्तव्य राखेका थिए भने जनकपुर जेसिस २०२२ का अध्यक्ष राजु कुमार साह र बालमन्दिरका प्रधानाध्यापक श्याम साहले शुभकामना मन्तव्य राखेका थिए।

बिहीबार जेसीज सप्ताहको पहिलो दिन बालमन्दिर नि. मा. वि.का विद्यार्थीहरुलाई कापी,कलम,शिशाकलम(पेन्सील) र जोमेट्री बक्स लगायतका स्टेसनरी सामाग्रीहरु वितरण गरिएको छ । जेसीज सप्ताहमा सात दिन सात कार्यक्रम हुने जनकपुर जेसिजका महासचिव जेसी मुकेश साहले बताए ।
युवाहरुको नेतृत्व क्षमता विकाससंगै हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको वर्ष २०२४ का अध्यक्ष यातोस साहले बताए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन स्टेसनरी डिस्ट्रिब्युसन,दोस्रो दिन स्लो बाईक रेस,तेस्रो दिन ब्याडमिन्टन प्रतियोगिता,चौथो दिन हेल्थ क्याम्प,पाचै दिन फुड डिस्ट्रिब्युसन र छैठौ दिन स्कुल लेभल ओरेट्री कन्टेस्ट लगायतका कार्यक्रम आयोजना गरि भदौ ७ गते शुक्रबार समापन कार्यक्रम गरिने जनकपुर जेसिसको बर्ष २०२४ को अध्यक्ष जेसि यातोस साहले जानकारी दिए।

आजको कार्यक्रममा बालमन्दिर नि. मा. वि.स्कुलका प्रधानाध्यापक श्याम साह,स्कुलका शिक्षक तथा शिक्षिकाहरु,जनकपुर जेसिस बर्ष २०२० का अध्यक्ष गौतम साह,जनकपुर जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि मनोज साह,जनकपुर जेसिस बर्ष २०२२ का अध्यक्ष राजु कुमार साह,जनकपुर जेसिस बर्ष २०२४ का सह कोषाध्यक्ष जेसि निरज साह,स्टेसनरी डिस्ट्रिब्युसन कार्यक्रमका संयोजक जेसि महेश साह, घर जग्गा व्यवसायी संघका वरिष्ठ सल्लाहकार बिरेन्द्र पासमान,बर्ष २०२४ का महासचिव जेसि मुकेश साह,जेसि रन्जित पजियार,जेसि राहुल निधि,जेसि मनोहर ठाकुर,जेसि कमल मण्डल लगायत जनकपुर जेसिजका पदाधिकारी तथा सदस्यहरुको साथै बालमन्दिर स्कुलका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।




















Discussion about this post