nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

इद उल फित्रमा कोरोना अन्त्यको प्रार्थना

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १२, २०७७, १:३४ मध्यान्ह
eid-2

नेपालगञ्ज : नेपालगञ्जका मुसलमान धर्मावलम्बीले इद उल फित्र पर्वको विशेष नमाजमा कोरोना भाइरस अन्त्यको प्रार्थना गरेका छन् । नेपालगञ्जस्थित बिवी चोकमा रहेको इदगाह मस्जिदमा आज सामाजिक दूरी कायम गरेर न्यून सङ्ख्यामा नमाज पढिएको थियो ।
सामूहिक नमाज पढ्ने परम्परा रहे पनि यस वर्ष कोरोना महामारीको सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण घरमा नै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गरिएको केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष एवम् धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताउनुभयो । ‘कोरोना भाइरस महामारी फैलिएकाले देशमा त्रास छ, नागरिकले आआफ्नो घर बसेर इद उल फित्रको प्रार्थना गरेका छन्’, धर्मगुरु मञ्जरीले भन्नुभयो, ‘कोरोना भाइरसका कारण परम्परागत धार्मिक तरिकाले मनाउन नपाइएकोले यस वर्ष नमाजमा कोरोना भाइरस अन्त्यको कामना गरिएको हो ।’

सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई ख्याल गर्दै मस्जिद जानाको सट्टा आफ्नै घरमा नमाज पढ्नु राम्रो हुने भएकाले मुसलमान समुदायलाई सोहीअनुसार पालना गर्न धर्मगुरुबाट आग्रह गरिएको उहाँको भनाइ छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानहरुले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य नेपालगञ्ज मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले इद उल फित्र पर्वको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा रहेको बताउनुभयो । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो ।

बाँकेमा एक जनाको ज्यान जाने गरी ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका कारण यस वर्ष पारिवारिक भेटघाटमा सीमा दूरी कायम गर्दै सचेतनाका साथ आआफ्नै घरमा इद उल फित्र पर्व मनाउन थालिएको हलवाईले बताउनुभयो । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महीना लामो व्रत (रोजा) शुरु भएको थियो । व्रत तोडिएपछि आज विशेष नमाज पढेर इद उल फित्र मनाइँदै छ ।

नरैनापुरमा पर्व प्रभावित
कोरोनाको केन्द्रविन्दु बाँकेको नरैनापुरमा यस वर्षको इद उल फित्र प्रभावित भएको छ । मुसलमान समुदायको बाहुल्य रहेको नरैनापुरमा एक जनाको ज्यान जाने गरी ११४ जनामा सङ्क्रमण देखिएकाले यस वर्षको पर्व पारिवारका बीचमा पनि मनाउन नपाइको गाउँपालिकाका अध्यक्ष इस्तियाकअहमद शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार नरैनापुरका सङ्क्रमित ११३ जना आइसोलेशनमा रहेको र ठूलो सङ्ख्यामा क्वारेन्टिनमा रहेका कारण यस वर्षको पर्व पूर्ण रुपले प्रभावित भएको छ ।

कोभिड–१९ बाट बच्न जोड
झिमरुक– बन्दाबन्दीका कारण प्युठानमा पनि इदुल फित्रको नमाज घरघरमै पढिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका वडा नं १ का करीब ६५ घर परिवार र वडा नं ३ का दुई सय परिवार मुसलमानले घरमै नमाज पढेका छन् । बन्दाबन्दीलाई पूर्णरुपमा पालना गर्न समुदाय प्रतिबद्ध रहेको मुस्लिम संगठन नेपाल प्युठान शाखाका संयोजक जीतमान मियाँले बताउनुभयो ।

इदको नमाजमा विश्व मानव समुदायले कोरोनाबाट उन्मुक्ति पाओस् भनी प्रार्थना गरिएको समेत उहाँले बताउनुभयो । खुशीको पर्व इदमा गरीब एवं दुःखीलाई सहयोग गर्न, चेलीबेटीलाई बोलाई मीठमसिनो खान, एकापसमा शुभकामना आदानप्रदान गर्न, आपसी भाइचारा तथा सामाजिक सद्भावलाई बढावा दिन यस पर्वको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।
कोभिड –१९ बाट बच्न र बचाउन समुदायले रचनात्मक भूमिका खेल्नुपर्नेमा मुस्लिम संगठन नेपाल प्युठान शाखाका संयोजक मियाँले जोड दिनुभयो । हिजरी संवत्को रमादान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बीले सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउने चलन रहेको उहाँको भनाइ छ । अघिल्ला वर्षमा टोलमै रहेको मस्जिदमा नमाज पढे पनि यस वर्ष भने घरघरमै पढिएको उहाँले बताउनुभयो ।

Discussion about this post

Related Posts

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!