nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भोलीदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदै,४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ८, २०७७, ७:४९ मध्यान्ह
भोलीदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदै,४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी

काठमाडौ।कोभिड–१९ को संक्रमणकाबीच भोलीदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदैछ । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो ।

सबै विद्यालयमा उत्तर पुस्तिका पु¥याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्ड अनुसारको परीक्षा मापदण्ड तयार गर्ने सहित सम्पूर्ण तयारी पूरा भएको बोर्डका सदस्य सचिब दुर्गा प्रसाद अर्यालले बताउनुभयो ।

बोर्डका अनुसार बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने परीक्षा विद्यार्थीको चाहना बमोजिम होम सेन्टरमै सञ्चालन हुनेछ ।

बोर्डका अनुसार कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । यस्तै कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने बताइएको छ ।

बोर्डका अनुसार प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क रहने छ । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने बोर्डले जनाएको छ ।

परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।

४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा १६ गते सकिनेछ ।

सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिन परीक्षार्थीलाई शिक्षामन्त्रीको अपिल

यसैबीच शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोभिड विरुद्धका मापदण्ड सही ढंगले पालना गर्दै परीक्षामा सहभागी हुन परीक्षार्थीलाई अपिल गर्नुभएको छ ।

कोभिड १९ को संक्रमण जोखिमका कारण स्थगित भएको सात महिना पछि मंगलबारबाट शुरु गर्न लागिएको परीक्षाका बारेमा विद्यार्थी तथा अभिभावकलाई आश्वस्त पार्न सामाजिक सञ्जाल मार्फत् भिडियो अपिल सार्वजनिक गर्नुभएको हो ।

मन्त्री पोखरेलले विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन पनि अनुरोध गर्नुभएको छ । घरबाट परीक्षा केन्द्र आउ जाउ गर्दा समेत आवश्यक सचेतना अपनाउन उहाँको अनुरोध छ ।

विद्यार्थीले प्राप्त गर्ने योग्यताको प्रमाणपत्र माथि देश विदेशमा कँही कतै प्रश्न नउठोस् भन्नका लागि कक्षा १२ को परीक्षा लिन लागिएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभएको छ ।

कक्षा १२ विद्यालय शिक्षाको अन्तिम तह भएकोले परीक्षार्थीले प्राप्त गरेको योग्यताको प्रमाणपत्र माथि कँही कतै प्रश्न नउठोस् भन्नका लागि यो कोरोना संक्रमणको विशिष्ठ अवस्थामा पनि नेपाल सरकारले परीक्षा लिने निर्णय गरेको उहाँको भनाई छ ।

परीक्षार्थीले सही ढंगले स्वास्थ्य मापदण्ड पालना गदै अरुका लागि दृष्टान्त बन्न समेत उहाँको अनुरोध छ । परीक्षा केन्द्र वरीपरी भिडभाड नगर्न अभिभावकलाई अनुरोध गर्दै परीक्षा सफलता पूर्वक सम्पन्न गर्नका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

परीक्षा सम्पन्न गर्न तीनै तहका सरकार लागि परेको भए पनि मुख्य स्थानीय सरकारको नेतृत्व विना परीक्षा सफल हुन सक्दैन भन्दै थानीय सरकारलाई सचेतता पूर्वक अग्रपंक्तिमा रहेर पहलकदमी लिन अनुरोध गर्नुभएको छ ।

Tags: शिक्षा

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!