गिरिजानन्द साह/जनकपुरधाम/चैत २४ गते।जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न भएको छ। न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधाम स्थित माछा पालनको कम्पाउन्डमा सम्पन्न भएको हो ।
१ किलोमिटरको व्हिल चेयर म्याराथनमा मधेस प्रदेश भरी बार १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएको आयोजकले जनाएको छ। व्हिल चेयर प्रयोगकर्ताहरुलाई हौसला मिलोस उनीहरु पनि जीवन केही गर्न सक्छ्न भन्ने प्रेरणा मिलोस र सकारात्मक सोचको विकाश होस भन्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको थियो। सो म्याराथनमा महोत्तरीका नरेश साह प्रथम र सर्लाहीका संजय कुमार महतो दोस्रो स्थान हासिल गरेका छन् ।
व्हिल चेयर म्यराथनमा १ किलोमिटरको दूरी ६ मिनेट २६ सेकेन्डमा पूरा गर्दै महोत्तरीका नरेश साह प्रथम स्थान हासिल गरेको थिए भने ६ मिनेट ३८ सेकेन्डमा १ किलोमिटर दुरी पूरा गरेका सर्लाहीका संजय कुमार महतो दोस्रो स्थान हासिल गरेको थियो । त्यस्तै सर्लाहीकै रमेश पासवान ७ मिनेट १८ सेकेन्डमा १ किलोमिटरको दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
सबै विजेतालाई प्रमाणपत्र र मेडल मधेस प्रदेशसभा सदस्य रामआशिष यादवले वितरण गरेका थिए । न्यु भिजन नेपालको आयोजना मधेस प्रदेशमै पहिलो पटक व्हिल चेयर म्याराथन गरिएको न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले बताए। साथै यो संस्थाको नाम जस्तै कामहरु पनि नयाँ नयाँ गर्दै गईरहेको र आगामी दिनमा पनि यस्तै नयाँ नयाँ काम गर्दै जाने अध्यक्ष साहले बताएका छ्न।
साथै उक्त व्हिल चेयर म्याराथन प्रतियोगितामा सोटो नेपाल मधेस प्रदेशका अध्यक्ष विरेन्द्र कुमार साह,जनकपुरधाम हार्डवेयर व्यवसायी संघका महासचिव ओम प्रकाश साह,व्हिल चेयर म्याराथनमा सहयोगीको रुपमा रहेका ग्लोबल ट्रेडिङ कन्सर्नका संचालक राम सोगारथ साह,जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साह,घर जग्ग व्यवसायी संघका अध्यक्ष तथा न्यु भिजन नेपालका वरिष्ठ उपाध्यक्ष रन्जित पजियारको उपस्थिति रहेको थियो।





















Discussion about this post