फागुन १७ गते। प्रतिबन्धित लागूऔषध खैराे हेराेइन ४७ ग्राम सहित तीनजना पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले तीनैजनालाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरिएका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचीनगर नगरपालिका–६ मा डेरा गरी बस्ने वर्ष २६ का प्रकाश पौडेल, काठमाडौँका वर्ष ३० क ईश्वर आधिकारी र अर्जुनधारा नगरपालिकाका वर्ष २२ का पुजन तामाङ रहेका छन् ।
चेकजाँच गर्दा निजहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन ४७ ग्राम फेला परेको प्रहरीले जानकारी दियो ।
पक्राउ परिएका तीनैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

















Discussion about this post