फागुन ३ गते । २०८० फागुन ०२ गते ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं २१ अमलेखगंज चोकबाट काठमाण्डौंबाट वीरगंजतर्फ जाँदै गरेको प्र.३-०१-२२ च ०५८५ न.को पिकअप गाडीलाई रोकी चेक जाँच गर्दा बिल भरपाई फरक रहेको र अनलाईन बिल समेत नभएको सामान जिल्ला प्रहरी कार्यालय बाराले बरामद गरेकाे छ ।
प्रहरीका अनुसार, सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य १८ लाख ३५ हजार १ सय २० रूपैयाँ बराबरको स्टेसनरीको सामान सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ ।

















Discussion about this post