गिरिजानन्द साह/जनकपुरधाम/फागुन १ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत गोगल प्रसाद मा.वि. र सिद्धार्थ शिशु सदन विजय भएका छन ।
आजको पहिलो खेलमा गोगल प्रसाद मा.वि.र श्री राम स्कुल बीच खेल भएको थियो जसमा श्री राम स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । श्री राम स्कुल का खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाउन सफल भएका थिए । गोगल प्रसाद मा.वि. ले जितको लागि १५३ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि एम सार्थक झा ले २६ बलमा ३२ रन र ईरसाद खानले ४६ बलमा ५४ रनको योगदान दिएका थिए।
गोगल प्रसाद मा.वि. का लागि बलिङ गरेका धिरज साह ले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट र सचिन ले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।
जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. ले १७.३ ओभरमा ७ विकेट को क्षतिमा १५६ रन बनाएर ३ विकेटले जीत हासिल गर्यो । यस टिमका लागि अविनाश निधि ले ४० बलमा ४२ रन र विमलेश सहनीले १९ बलमा ३५ रन बनाए । श्री राम स्कुलका लागि बलिङ गरेका दिपेश मण्डल ले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट हासिल सफल भएका थिए भने ईरशाद खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट हासिल गरेका थिए । यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा.वि. का अविनाश निधि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी लोसपा नेपालका वरिष्ठ नेता तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोद्वारा हस्तान्तरण गरिएको थियो।
त्यस्तै आजको दोस्रो खेल जनकपुर पब्लिक स्कुल र सिद्धार्थ शिशु सदन बीच भएको थियो जसमा जनकपुर पब्लिक स्कुलले टस जितेर सुरुवातमा ब्याटिङका लागि सिद्धार्थ शिशु सदन लाई आमन्त्रण गरेको थियो । सिद्धार्थ शिशु सदन का खेलाडीहरु १८ ओभरमा अल आउट विकेट हुदै ९६ रन बनाउन सफल भएको थियो। सिद्धार्थ शिशु सदन ९७ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि मुकेश यादव ले २२ बलमा २२ र अनिश रोहिताले १६ बलमा १८ रनको योगदान दिएको थियो ।
जनकपुर पब्लिक स्कुल को तर्फबाट लागि बलिङ गरेका आदित्य यादव ले चार ओभरमा १७ रन खर्चेर ४ विकेट र आतिश झा ले चार ओभरमा एक मेडन ओवेर राख्दै २२ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफ ब्याटिङका लागि आएका जनकपुर पब्लिक स्कुल का खेलाडीहरु माथि सिद्धार्थ शिशु सदनका खेलाडीहरु हाबी हुँदा १४.४ ओभरमा ६७ रनमै अल आउट गरेर सिद्धार्थ शिशु सदनले २९ रनले खेल जित्न सफल भयो। यस टिमका लागि विकाश साह ले १५ बलमा १० रन बनाए भने रिजवा राइन ले २५ बलमा १६ रन बनाए । सिद्धार्थ शिशु सदनका का लागि बलिङ गरेका आयुष यादव ले चार ओभरमा ६ रन खर्चेर ४ विकेट र अनिश रोहिता ले चार ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस खेलको म्यान अफ दी सिद्धार्थ शिशु सदनका आयुष यादव घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी जनकपुर जेसिजका नव नियुक्त अध्यक्ष जेसि यातोस साह द्वारा हस्तान्तरण गरिएको थियो।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।




















Discussion about this post