गिरिजानन्द/जनकपुरधाम/माघ १६ गते। ब्लड फर नेपाल (BFN) धनुषाले जनकपुरधाम स्थित जनकपुर एकेडमी सेकेन्डरी इङलिस स्कुलमा रक्तदान सचेतना कार्यक्रम आयोजना गरेको छ। 
ब्लड फर नेपाल धनुषाले आऊँ रगत का कुरा गरौ, आऊ रगत का कुरा बुझौ भन्ने मुल नाराका साथ धनुषाको विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम आयोजना गरिरहेको छ। त्यसैक्रममा माघ १५ गते सोमबार जनकपुर एकेडमी सेकेन्डरी इङलिस स्कुल मा रक्तदान सचेतना कार्यक्रम आयोजना गरिएको हो।
ब्लड फ़ार नेपाल ले बिग्त ५ बर्ष देखी धनुषा लगायत देश का अन्य विभिन्न ठाउँहरु मा बिरामी लाई रगत आवश्यक परेको बेला रगत जुटाऊन र रगत सम्बन्धी सचेतना क्रयाक्रम गर्दै आइरहेको ब्लड फर नेपाल धनुषाका कोर्डिनेटर भवानी प्रसाद साह ले बताए । साथै वहाँले धेरै किसिमका अभियान मध्ये सबैभन्दा महत्वपुर्ण अभियान रगत अभियान रहेको र आगामी दिनहरुमा पनि रक्तदान र रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिरहने बताएका छ्न ।
आऊँ रगत का कुरा गरौ, आऊ रगत का कुरा बुझौ भन्ने मुल नाराका साथ ब्लड फर नेपाल धनुषाले पनि विभिन्न स्थानमा रगत सम्बन्धी सचेतना कार्यक्रम गरिरहेको छ।

















Discussion about this post