बिहार/माघ १४ गते। भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । राजभवन पुगेर उनले राज्यपाल राजेन्द्र अरलेकरसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।
बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले गठबन्धन फेरेर फेरि मुख्यमन्त्री हुने तयारी गरेको बताइएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार राजभवनमा नयाँ मुख्यमन्त्रीको शपथको तयारी भइरहेको छ । आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड र केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टीबिच बिहारमा नयाँ सरकार गठनबारे सहकार्य हुनसक्ने जनाइएको छ ।





















Discussion about this post